Shikhar Insurance

टि–२० प्रतियोगिता क्रिकेटको विकासमा कोसेढुङ्गा : मुख्यमन्त्री कार्की

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १४:४८
NIMB
Nabil Bank

मोरङ ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरमा सञ्चालित राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताले यस क्षेत्रको क्रिकेटको विकासमा कोसेढुङ्गा सावित हुने बताएका छन् ।  विराटनगर–१९ स्थित बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आजदेखि सुरु भएको टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले प्रतियोगिताबाट समग्र प्रदेशको विकासमा टेवा पुग्ने बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशका ग्रामीण, सहरी र दुर्गम क्षेत्रका युवायुवतीलाई क्रिकेटप्रति आकर्षण गराउन यो प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । प्रतियोगिताबाट यहाँ लुकेर रहेका खेलाडीको पहिचान भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको भनाइ रहेको छ ।

Citizen Life
Kumar Bank

मुख्यमन्त्री कार्कीले गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट र्ङ्गशाला यहाँ हुनु गौरवको विषय भएको चर्चा गर्दै पूर्वाधार विकासका साथै सौन्दर्यकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले खेललाई रोजगारसँग जोड्नुपर्ने भन्दै यस कार्यमा सरकार खेलाडीसँग हातेमालो गरी आगाडि बढ्ने बताए ।

नेपाल क्रिकट सङ्घका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताले  दक्ष खेलाडी उत्पादन गर्न सहयोग पुग्ने जानकारी दिए । उनले  क्रिकेटको माध्यमबाट मुलुकको विश्वजगतमा पहिचान बन्दै गएको बताए ।

अध्यक्ष चन्दले यहाँको खेल तथा अभ्यास मैदानका साथै समग्र क्रिकेटको विकासका लागि क्यानले आवश्यक सामग्री, प्रशिक्षण र प्रशिक्षक उपलब्ध गराउन सदैव तयार रहेको धारणा राख्य ।

आगामी चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता हुने टिमलाई रु पाँच लाख र उपविजेतालाई ३ लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताअन्तर्गत आजको पहिलो खेल कोशी र कर्णाली प्रदेशबीच भइरहेको छ भने दोस्रो खेल सुदूरपश्चिम र गण्डकी प्रदेशबीच हुनेछ । प्रतियोगिता लिगका आधारमा हुनेछ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्