Shikhar Insurance

सत्ता गठबन्धन परिवर्तनले अर्थतन्त्र लयमा ल्याउने निजी क्षेत्रको आशा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २३, बुधबार १४:०४
NIMB
Nabil Bank

काठमाडौं । शिथिल अथस्थामा पुगेको मुलुकको अर्थतन्त्र सत्ता परिवर्तनसँगै लयमा आउन आशा जगाउने विश्वास लिएको छ । मुलुकको अर्थतन्त्र मन्दीउन्मुख भएर गम्भिर संकट आउने अवस्थामा पुगेको बेलामा सत्ता समिकरण परिवर्तनपछि अर्थतन्त्रले पनि लय समात्ने निजी क्षेत्रले अपेक्षा गरेको हो ।

सत्ता समिकरण अर्थात गठबन्धन फेरिएसँगै मन्दीउन्मुख अर्थतन्त्र लयमा आउने झिनो आशा पलाएको निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले बताएका छन् । प्रधानमन्त्री परिवर्तन नभए पनि पछिल्लो एक वर्षमा तीन पटक सत्ता समिकरण परिवर्तन भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसले राजनीतिक अस्थिरता देखिए पनि नयाँ अर्थमन्त्री र नयाँ समिकरणबाट संकटमा रहेको अर्थतन्त्र पुरानै लयमा आउने अपेक्षा उद्योगी व्यवसायीहरुको देखिएको छ । लामो समय सुस्ताएको ऐनको मानिएको नेपाली पुँजीबजारले ११७.७० अंकले वृद्धि भएर नयाँ सत्ता गठबन्धनलाई स्वागत ग¥यो ।

मंगलवार भने सेयर बजार सूचक पनि उच्च अंकले गिरावट आएको छ तर मन्त्रीमण्डल बिस्तारसँगै पुँजीबजारले गति लिने निजी क्षेत्रको अपेक्षा लिएको छ । सत्ता गठबन्धनबाट नयाँ अर्थमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको निश्चित जस्तै देखिएको छ ।

तर निजी क्षेत्रले पुरानो सत्ता गठबन्धनबाट नभएका र अधुरा कामहरु नयाँ सत्ता समिकरणबाट हुने अपेक्षा राखेको छ । उद्योगी व्यवसायीहरुले मुलुकमा राजनीतिक परिवर्तन धेरै भएको भन्दै अब मुलुकका सबै राजनीतिक दलहरुले आर्थिक सुधारको एजेण्डालाई पहिलो प्राथमिकता राख्न जरुरी रहेको बताए ।

उनीहरुले नयाँ सत्ता समिकरणसँगै शिथिल बनेको अर्थतन्त्रलाई लयमा ल्याएर निजी क्षेत्रको मनोबल उच्च बनाउने पनि आशा रहेको बताए । व्यवसायीहरुले नयाँ सत्ता गठबन्धनले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्र सुधार गर्ने विश्वास रहेको बताए । उनीहरुले प्रधानमन्त्रीदेखि अन्य नेताहरुले मुलुकको अर्थतन्त्र सुधारको लागि नै नयाँ सत्ता गठबन्धन बनाउनु परेको बोल्दै आएकाले केही सुधार हुने आशा र अपेक्षा रहेको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले शिथिल अर्थतन्त्रलाई नयाँ सत्ता गठबन्धनबाट बन्ने अर्थमन्त्रीले लयमा ल्याउने काम गर्ने आशा रहेको बताइन् । उनले अर्थतन्त्रमा देखिएको समस्या सुधारको आवश्यकता रहेको बेला नयाँ सत्ता परिवर्तनले केही सुधार हुने आशा जगाएको बताइन् ।
उनले निजी क्षेत्रको मनोबल कमजोर मुलुकको अर्थतन्त्र आरोलो लाग्दो अवस्था सत्ता समिकरण परिवर्तनले सुधारको संकेत गरेको बताइन् ।

पूर्वअध्यक्ष राणाले पछिल्लो तीन दशकमा निजी क्षेत्रले सबैभन्दा बढी अफ्ठ्यारो महशुस अहिले गरेको भन्र्दै सत्ता गठबन्धन परिवर्तन भएको अवस्थामा निजी क्षेत्रले केही आशा गरेको उल्लेख गरेकी हुन् । उनले वर्षौंदेखि निजी क्षेत्र केही परिवर्तनको आशा बोकेर बसेको धारणा रख्यको छिन् । उनले नयाँ गठबन्धनमा सहभागि भएका पार्टीका नेता र प्रधानमन्त्री स्वयं अर्थतन्त्र सुधार गर्न कोर्ष करेक्शन गरिएको बताएकाले पनि केही परिवर्तन भएर अर्थतन्त्र लयमा आउने आशामा निजी क्षेत्र रहेको बताइन् ।

उनले सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिँड्नसके अर्थतन्त्र सुधार हुने दाबी गरिन् । उनले सरकारले सबैभन्दा पहिला गिरेको निजी क्षेत्रको मनोबल उकास्न सक्नुपर्ने बताइन् । राणाले सरकारले निजी क्षेत्रलाई सम्मान गर्नसके निजी क्षेत्रको आत्मबल बढ्ने धारणा राख्यकी हुन् । विश्वका अन्य मुलुकहरुमा करदातालाई राज्यले सम्मान गर्ने गरेको भएपनि नेपालमा उद्योगी व्यवसायीहरुलाई त्यो खालको सम्मान अहिलेसम्म गर्न नसकेको धारणा राख्एको थिइन् । नयाँ मन्त्रीले नयाँ जोशका साथ काम गर्ने आशा लिएको भन्दै निजी क्षेत्र सदैव जुनसुकै राजनीतिक दलबाट आउने अर्थमन्त्रीलाई साथ दिन तयार रहेको बताइन् ।

उनले भनिन् सरकारले निजी क्षेत्रले दिएका सुझावसहित निजी क्षेत्रलाई साथमा लिएर सरकार हिँड्न सक्यो भने अर्थतन्त्र सुधार गर्नसक्ने आशाहरु पलाएका छन् । सरकारले सबै भन्दा पहिला गिरेको निजी क्षेत्रको मनोबल उकास्न सक्नुपर्छ । निजी क्षेत्रको मनोबल उच्च बनाउनको लागि सरकारले निजी क्षेत्रलाई सम्मान (रेक्सपेट) दिनसक्नुपर्छ । निजी क्षेत्रले कर तिर्ने हो । आफ्नो लगानीलाई जोखिम राखेर काम गरिरहेको हुन्छ । नेपालमा हरेक परिस्थितिमा जोखिम लिएर नै काम गरेर मुलुक भित्र रोजगारी सिर्जना गरिरहेको हुन्छ ।

अर्थतन्त्रमा राजश्व तिरेर योगदान गर्ने भएकाले निजी क्षेत्रले केही चाहेको छैन । सरकारले सम्मान दिए पुग्छ । अन्य मुलुकहरुमा करदातालाई कसरी सम्मान गर्छ त्यसरी नै नेपालमा पनि गर्न सक्नुपर्छ । सरकारका विभिन्न निकायहरुबाट निजी क्षेत्रलाई क्रसित बनाएको छ । निजी क्षेत्रलाई नियमन गर्ने निकाय पनि दर्जनौं भए । सरकारले निजी क्षेत्रलाई नियमन गर्नुपर्छ । खुला अर्थतन्त्र भयो भन्दैमा जथाभावी छोड्न हुँदैन ।

नियमन गर्नुपर्छ नियमनको नाममा सरकारले अनुसन्धान विना व्यवसायीहरुलाई नियन्त्रणमा लिँदै जाने काम भइरहेको छ । सरकारले पहिला थुन्ने पछि अनुसन्धान गर्ने काम गर्नुभएन । विभिन्न खालका नीगिगत अफ्ठ्यारोको कारण पनि समस्या भइरहेको छ । त्यस्ता कानूनहरुलाई संशोधन गर्नु आवश्यक छ । वन लगायतका कार्यविधि बन्न सकेको छैन ।

सरकारले यस्ता ऐन,कानूनहरुको संशोधन गरी समाधान गर्नुपर्छ । के गर्दा व्यवसायीहरुलाई सहज त्यो गर्नुपर्छ । भएका राम्रा ऐन कानूनहरुको कार्यान्वयन पनि प्राथमिकताका साथ गर्नुपर्छ । सत्ता परिवर्तन भएपनि नीतिगत स्थिरता आवश्यक छ । सत्ता र मन्त्री परिवर्तन भएसँगै नीति परिवर्तन हुने गरेको छ । त्यसले लगानी समेत जोखिममा रहने देखिएको छ । सरकारले खुला दिलले निजी क्षेत्रलाई साथ दिए निजी क्षेत्रको सधैँ साथ रहन्छ ।

निजी क्षेत्रले चाहेको स्थिर सरकार र नीति हो । कुन पार्टी र नेतृत्व सरकारमा आउँछ भन्ने कुराले फरक पादैन । जुन पार्टीको सरकार आएपनि स्थिर होस् । मुलुकमा राजनीति परिवर्तन भइसकेको छ । अब सबै राजनीतिक दलले आर्थिक एजेण्डालाई अघि बढाउनुपर्छ भन्ने निजी क्षेत्रको धारणा हो । काँग्रेस,कम्युनिष्ट कुनैपनि दल आउने भन्दा पनि कसले मुलुकको अर्थतन्त्रको विकासको लागि निजी क्षेत्रलाईसँगै लिएर चल्छ त्यो नै प्राथमिकतामा पर्छ ।

साथै, उद्योगी व्यवसायी सशीकान्त अग्रवालले सत्ता परिवर्तन भएपनि मुलुकको आर्थिक नीति र संरचना परिवर्तन नभएको भन्दै नयाँ सत्ता समिकरणले शिथिल अर्थतन्त्र सुधारमा आशा पलाएको बताए । उनले विगत एक वर्षदेखि अर्थतन्त्र सुधारमा कुनै उपलब्धि हासिल नगरेको भन्दै नयाँ आउने अर्थमन्त्रीबाट पुराना मन्त्रीले नगरेका र त्रुटिहरुलाई सच्याएर अगाडि बढ्दा अर्थतन्त्रमा सुधार हुने अपेक्षा रहेको बताएका हुन् ।

उनले निजी क्षेत्र निरास भइरहेको बेला सत्ता गठबन्धन परिवर्तन हुनु सकरात्मक भएको बताए । उनले कम्तिमा नयाँ सत्ता समिकरणले उच्च रुपमा गिरेको निजी क्षेत्रको मनोबललाई उकास्ने आशा रहेको बताए । उनले वर्तमान सत्ता गठबन्धनले निजी क्षेत्रको आशालाई मर्न नदिने अवस्था देखिएको बताए । उनले अर्थतन्त्र सिथिल हुँदा उद्योगी व्यवसायीहरुमा मात्रै नभएर समग्र सर्वसाधरण मानिसहरुलाई समेत अफ्ठ्यारो बनाएको भन्दै अर्थतन्त्रका समस्याहरु समाधान गर्न राज्यले पहल गर्ने आशा निजी क्षेत्रले लिएको बताए ।

उनले भने, सत्ता परिवर्तन भए पनि मुलुकको आर्थिक नीति र संरचना परिवर्तन भएको छैन । अर्थतन्त्र शिथिल हुँदा उद्योगी व्यवसायीहरुमा मात्रै नभएर समग्र सर्वसाधरण मानिसहरुलाई समेत अफ्ठ्यारो बनाएको छ । अर्थतन्त्रमा रहेको वर्तमान समस्याहरु समाधान हुने आशा निजी क्षेत्रले गरेको छ । नेपाली काँग्रेसलाई उद्योगी व्यवसायीमैत्री पार्टीको रुपमा लिने गरेका थिए । स्वाभाव पनि त्यस्तै थियो । कम्युनिष्ट सरकार हुँदा पनि उद्योगी व्यवसायीहरु त्रसित हुनुपर्ने वातावरण छैन । निजी क्षेत्रलाई साथमा लिएर मात्रै मुलुकको अर्थतन्त्र सबल सुधार गर्न नीतिलाई आत्मसाथ गरिसक्नु भएको छ । अब मुलुकको अर्थतन्त्रलाई सबल र गतिशिल बनाउने विषयमा काँग्रेस र कम्युनिष्ट भन्ने हुँदैन । एक वर्ष नपुग्दै सत्ता समिकरण र मन्त्रीहरु परिवर्तन हुनु मुलुकको लागि नै राम्रो होइन । पाँच वर्षको लागि स्थिर सरकार बन्नुपर्छ । सरकार परिवर्तन भएपनि आर्थिक नीतिमा परिवर्तन नहुने गरी आर्थिक नीतिको मोडल बनाउन आवश्यक छ । त्यसले मात्रै निजी क्षेत्रको मनोबल उच्च बनाउँछ ।
न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्