Shikhar Insurance

‘मधेशबाट कृषि क्रान्ति मार्फत समृद्धिको यात्रा आरम्भ गर्न सिटिजन्सले लगानी गर्छ’

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार १२:०३
NIMB
Nabil Bank

म विगत पाँच महिनादेखि सिटिजन्स बैंकको मधेश प्रदेश प्रमुखका रुपमा जिम्मेवारी सम्हालिरहेको छु । बैंकको मधेश प्रदेश कार्यालय बिरगञ्जमा छ । बिरगञ्ज भनेको आफैंमा आर्थिक नगरी हो । नेपालको मुख्य प्रवेशद्धार पनि हो ।

देशकै सबैभन्दा ठूलो औद्योगिक करिडोर यहि क्षेत्रमा पर्छ । त्यसमा पनि मधेश प्रदेश भनेको धेरै जनघनत्व भएको, कृषि उब्जाउको अथाह जमिन भएको र औद्योगीक क्षेत्र पनि रहेको प्रदेश हो । अर्थात यो औद्योगीक तथा कृषि उत्पादनको पकेट क्षेत्र हो र त्यतिकै ठूलो मात्रामा बजार समेत भएको प्रदेश हो । यहाँ उत्पादन र बजार दुबैको अथाह सम्भावना छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले मुलकुभर नै आर्थिक गतिविधि सुस्त भैरहेको अवस्था छ । बजारमा माग छैन्, माग नभएपछि उत्पादन हुने कुरै भएन् । घर जग्गा, कृषि, उद्योग र व्यापार अनि निर्माण क्षेत्र सबै तिर शिथिलता देखिएकाले त्यसको प्रभाव बैंकिङमा पनि देखिने नै भयो ।

अहिलेको अवस्थामा बैंकिङको मुल चुनौति भनेकै रिकभरी हो । मैले पनि आफ्नो बैंकिङ करिअरमा सबैभन्दा चुनौति अहिले नै फेस गरिरहेको छु र त्यो रिकभरी कै हो । मैले आफ्नो पुरा बैंकिङ करिअर मधेशमै सुरु गरेर यहि काम गरेको १६ वर्ष भयो ।

बिरगञ्जबाट मधेशको नेतृत्व

म बिरगञ्जको स्थायी बासिन्दा हुँ । यहाँको व्यवसायीक उतारचढावको एक जना साक्षी पनि हुँ । बिरगञ्जमा बसेर मधेश प्रदेशका ८ वटा जिल्लाहरुमा बैंकको नेतृत्व गरिरहेको छु । मधेश प्रदेशमा सिटिजन्स बैंकका २९ वटा शाखाहरु छन् । यी शाखाहरुले १८ अर्ब निक्षेप संकलन गरेर १७ अर्बको ऋण प्रवाह गरेका छन् ।

हाम्रो बैंकले निकट भविष्यमै केहि नयाँ शाखाहरु पनि विस्तार गर्ने तयारी गरिरहेको छ । हामीलाई सीईओ सरले नै नयाँ शाखाका लागि कहाँ-कहाँ व्यवसायीक सम्भावना छ, त्यो हेरेर तयार गर्नु भन्नु भएको छ । हामीले कलैया, लालबन्दी लगायतका केहि ठाउँमा शाखा खोल्न सकिने निष्कर्ष समेत निकालिसकेका छौं ।

मधेशका पकेट बिजनेश एरिया

८  जिल्लामा २९ वटा शाखाबाट हामीले सेवा दिईरहेको भए पनि बिजनेशका लागि भने केहि पकेट क्षेत्रहरु छन् । जस्तो की धनुषा, महोत्तरी र पर्सा जिल्लामा हाम्रो बैंकका लागि राम्रो व्यापार भैरहेको छ । त्यस बाहेक पनि हामीले नयाँ-नयाँ ठाउँमा बैंकिङ विस्तारको योजना त बनाएकै छौं ।

मधेशमा कृषि क्रान्ति आवश्यक

सिटिजन्स बैंकले प्रारम्भका दिनदेखि नै घरेलु तथा साना उद्योगहरुलाई केन्द्रमा राखेर कर्जा प्रवाह गर्ने नीति लिएको देखिन्छ । मैले प्रदेशको नेतृत्व सम्हालेपछि पनि त्यहि क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको छु । सरकार र नेपाल राष्ट्र बैंकले नै कृषिलाई प्राथमिकता प्राप्त क्षेत्र भनेको छ । हामीले पनि यहि क्षेत्रको विकास र विस्तारका लागि बढी समय र स्रोत खर्चिरहेका छौं ।

मधेशमा कृषिका लागि ठूलो भूगोल छ । सिँचाईका लागि पनि अन्यत्र भन्दा केहि राम्रो सुविधा छ । मधेश प्रदेशको कृषिलाई राज्य र निजी क्षेत्रले नै उच्च प्राथमिकतासहित योजनावद्ध लगानी गर्ने हो भने सिंगो देशलाई मधेशले पाल्न सक्छ । मधेशले नै समृद्धिको सपना पुरा गराउन सक्छ । त्यसका लागि मधेश प्रदेशमा कृषि क्रान्ति गरिनुपर्छ ।

जस्तो की बारा जिल्लामा माछा पालनको ठूलो सम्भावना छ । जनकपुरको माछा भनेपछि देशभर नै चर्चित छ । केराखेतिकोपनि ठूलो  सम्भावना छ । संघ, प्रदेश र स्थानीय तहले योजना वद्ध तथा एकिकृत प्रयास गर्नुपर्छ । निजी क्षेत्र (कर हाउस र बैंक तथा वित्तिय संस्था)हरुले पनि लगानीका लागि अग्रसरता लिनुपर्छ । त्यति गर्न सकियो भने मधेश प्रदेशले नै मुलुकमा समृद्धिको ढोका खोलिदिन सक्छ ।

सुरक्षित बैंकिङमा फोकस

मधेश प्रदेश भनेको भारतको उत्तरी राज्य बिहारसँग सिमा जोडिएको क्षेत्र हो । यहाँका आफ्नै विशेषता छन् । झट्ट सुन्दा यहाँ ऋण उठाउन मुस्किल हुन्छ की भन्ने पनि लाग्न सक्छ । तर हामीले त्यस्तो ठूलो मुस्किल झेल्नु परेको छैन् । हामीले ऋण लगानी गर्दा नै एकदमै स्क्रिनिङ गरेका हुन्छौं । ऋणको क्यारेक्टर, क्यास  फ्लो, ट्रयाक रेकर्ड, सामाजिक सम्बन्धहरु राम्रोसँग केलाउँछौं । धितो लिएर मात्रै ऋण दिन्छौं ।

आज ठिकठाक चलिरहेको व्यवसाय पनि भोलीका दिनमा समस्यामा पर्न सक्छन् । त्यसरी साँच्चै समस्याका परेका ऋणीहरुलाई जोगाउन नेपाल राष्ट्र बैंकले जुन सहुलियतहरु दिइएको छ, त्यो उपलब्ध गराउँछौं । रिस्ट्रक्चर र रिसेड्युलिङ गरिदिएर ऋणीहरुलाई बचाउँन खोज्छौँ ।

नियत नै खराब भएका ऋणीहरु फेला परे भने उनीहरुलाई भने कानुन अनुसारको प्रक्रिया थाल्छौं । हामीले इथिकल बैंकिङ गरेकैले मधेश प्रदेश पनि हाम्रो खराब कर्जा बैंकिङको एभरेज भन्दा कम अर्थात २.९७ प्रतिशत मात्रै छ । यो त्रैमासिकमा सिटिजन्स बैंक मधेश प्रदेशको खराब कर्जा अझै कम हुनेछ । किनभने हामीले रिकभरीलाई बिशेष जोड दिँदै आएका छौं ।

नम्बरमा कुरा गर्दाखेरी हाम्रो डिपोजिटको एकाउन्टको नम्बर ३ लाख ७७ हजार जति हामीले खोलेका छौँ । बागमतिपछिको सबैभन्दा धेरै नै हाम्रो हो ।

प्रदेश र स्थानीय तहसँग समन्वय

अहिले मुलुकमा तीन तहका सरकारहरु छन् । हामीले प्रदेशमा बसेर प्रदेश सरकार र स्थानीय तहसँग समन्वयमा काम गर्नुपर्छ । त्यसले हामीलार्य बिजनेशको स्कोप पनि दिएको छ । हामीले विशेष गरि स्थानीय तहहरुसँग मिलेर अघि बढि काम गर्न सक्छौं । केहि काम त अहिले पनि भैरहेका छन् ।

स्थानीय तहहरुका विशेषता अनुसार स्टार्ट- अप लोन, शिप विकासका काम लगायतका क्षेत्रमा हामीले सहकार्य गरेर काम गर्ने रणनीति बनाएका छौं । प्रदेश सरकारहरुले अघि सार्ने उद्यमशिलता प्रवद्र्धनका कार्यक्रमहरुका लागि पनि हामीले फाइनान्सिङको मोडलबारे केहि तयारी गरिरहेका छौं ।

मैले बैंकिङमा काम थालेको १६ वर्ष भयो । सन् २००७ सालमा सिद्धार्थ बैंकबाट सुरु भएको मेरो बैंकिङ करिअर अहिले सिटिजन्स बैंकको मधेश प्रदेश प्रमुखसम्म आईपुगेको छ । मैले अपरेशन, एलसी, क्रेडिट, रिकभरीका क्षेत्रमा काम गरिसकेको छु । सिद्धार्थ बैंक हुँदै तत्कालिन किष्ट बैंक(हालको प्रभु), तत्कालिन सनराईज बैंक(हालको लक्ष्मी सनराईज)मा काम गरेँ ।

एनआईसी एशिया बैंक पनि पनि एक बर्षजति काम गरेँ । त्यसपछि भने पछिल्लो पाँच महिनादेखि सिटिजन्स बैंकको मधेश प्रदेश प्रमुखको जिम्मेवारीमा छु । मैले हरी खेतान क्याम्पस बिरगञ्जबाट एमबिएसम्म उतिर्ण गरेको छु । मेरो पुरै अध्ययन बिरगञ्जमै भएको हो । १६ बर्षको बैंकिङ करिअर पनि यहिँ बिताएको छु ।

GBIME

प्रतिक्रिया दिनुहोस्