Shikhar Insurance

१ हजार १ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । साताको पाचौँ कारोबारको दिन सुनको मूल्य १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २७ हजार ९ सय पुगेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख २६ हजार ८ सय रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने अघिल्लो दिन सुनको मूल्य १ लाख २६ हजार २ सय रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य पनि १ हजार १ सय रुपैयाँ बढेको छ ।

Citizen Life
Kumar Bank

साथै, बिहिबार चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्