Shikhar Insurance

जीवन बीमा कम्पनीका पाँच जना पूर्व सीईओहरुलाई जीवन बीमक संघको सम्मान

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार ११:५०
NIMB
Nabil Bank

काठमाडौं । जीवन बीमक संघ नेपालले पाँच जना पूर्व सीईओहरुलाई सम्मान गरेको छ । बिभिन्न जीवन बीमा कम्पनीहरुमा सीईओको जिम्मेवारी पुरेर गरेर अहिले बाहिरिएका पाँच जना पूर्व सीईओहरुलाई सम्मान गरिएको संघका अध्यक्ष पोषकराज पौडेलले बताए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद शिलवालको हातबाट पूर्व सीईओहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
संघले जीवन बीमा कम्पनीका पूर्व सीईओहरु रमेश कुमार भट्टराई, मनोज कुमार भट्टराई, कवि पाठक, निर्मल दाहाल र एलपी दास(अनुपस्थित)लाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद शिलवालले पूर्व सीईओहरुको योगदानको कदर गर्दै उनीहरुको अनुभवबाट नेपालको बीमा क्षेत्रले धेरै कुरा सिक्ने बताएका थिए ।
संघका अध्यक्ष पोषकराज पौडेलले अग्रजहरुको सम्मान आवश्यक रहेको बताएका थिए । पूर्व सीईओहरुको अनुभव र ज्ञानबाट नेपालको बीमा क्षेत्रले अझै धेरै सिक्ने अवसर पाउने पनि उनले बताएका थिए ।

 

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्