Shikhar Insurance

नेपाल लाइफको समन्वयमा लगानी व्यवस्थापन कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १८:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा ‘ग्लोबल मनि विक’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

‘उज्वल भविष्यका लागि लगानी’ विषयमा वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यले चैत्र ५ गते नेपालगञ्ज, चैत्र ६ गते कोहलपुर, चैत्र ७ गते धनगढी, चैत्र ८ गते महेन्द्रनगर बजार र कन्चन क्याम्पस गरी उपत्याका बाहिरका ५ स्थानमा कार्यक्रम संचालन गरिएको कम्पनीले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको कम्पनीले जनाएको छ । विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागीलाई लगानीका विधी, सानै उमेरबाट लगानी गर्दा भविष्यमा हुने लाभ र लगानीका जोखिमका विषयमा जानकारी प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे थियो । कार्यक्रमबाट ५०० जना सहभागीहरु लाभान्वित भएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्