Shikhar Insurance

सचिव तोयम राय महालेखा परिक्षकमा सिफारिस

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १०:५१
NIMB
Nabil Bank

काठमाडौं । सचिव तोयम राय महालेखा परिक्षकमा सिफारिस भएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयमा रहेका रायलाई संवैधानिक परिषदको बैठकले महालेखा परिक्षकमा सिफारिस गरेको हो ।

राय पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको समयमा अर्थसचिव रहेका थिए । यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा वाणिज्य, श्रम मन्त्रालयमा सचिवको रुपमा काम गरिसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै सहसचिव रहँदा आन्तरिक राजस्व विभागको उपमहानिर्देशक र भन्सार विभागको महानिर्देशक भई काम गरिसकेका छन् । राय चार महिना पछि नै पाँच वर्षे सेवा अवधि पुरा गरी सेवा निवृत हुदैं थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्