Shikhar Insurance

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार ११:५४
NIMB
Nabil Bank

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न भएको छ । चैत्र १३ देखि १६ गतेसम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि भएको तालिम सम्पन्न भएको हो ।

उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरुबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank

यस तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम निर्जीवन बीमा गर्नका लागि ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्