Shikhar Insurance

एकल तथा विपन्न दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गर्दै सिमकोट गाउँपालिका

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १६:११
NIMB
Nabil Bank

सिमकोट । हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरेको हो ।

वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले वडा नं २ देखि ८ सम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताए । यस्तै वडा नं २ मा रहेका १४, वडा नं ३ का १०, वडा नं ४ मा एक, वडा नं ५ मा आठ, वडा नं ६ मा सात, वडा नं ७ मा आठ र वडा नं ८ मा रहेका ११ एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका संयोजक भण्डारीले बताए ।

Citizen Life
Kumar Bank

वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले बीमा कार्यक्रम लागू नभएको हो । प्रतिव्यक्ति लाग्ने बिमित रकम ३ हजार पाँच सय गाउँपालिकाले तिरिदिएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने भएको गाउँपालिका अध्यक्ष भण्डारीको भनाइ छ ।

आगामी आर्थिक वर्षबाट दीर्घरोगका बिरामीकोसमेत निःशुल्क स्वास्थ्य बीमा गरिने भएको उनले बताए । निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा अब छुटेकालाई पनि चाँडै बीमा कार्यक्रमा समेटिने भएको अध्यक्ष भण्डारीको भनाइ छ । असारपछि दलित, विपन्न र एकल महिला मात्रै नभएर सूचीकृत भएका दीर्घरोगी पुरुष तथा महिलालाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदै जाने गाउँपालिकाले जनाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्