Shikhar Insurance

डीआरआई इतिहासमै सबैभन्दा ठूलो मुद्दा दर्ता, कोटिभिटी प्रालि सँग १० अर्ब ३६ करोड बिगो माग दाबी

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १६:५०
NIMB
Nabil Bank

काठमाडौं । राजस्व अनुसन्धान विभाग (डीआरआई) को इतिहासमै सबैभन्दा ठूलो मुद्दा दायर भएको छ । विभागले १० अर्ब ३६ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । विभागले आइतबार उच्च अदालत पाटमा मुद्दा दायर गरेको हो ।

कोटीभिटी नेपाल प्रा.लि.ले पटक-पटक सेयर स्वामित्व परिवर्तन गर्दै आएको र सोको जानकारी तथा तिर्नुपर्ने राजस्व नतिरेको विभागको दाबी छ । प्रा.लि. पुर्ण रुपमा विदेशी लगानी भएको कम्पनी हो । आर्थिक वर्ष २०७२/०७३ मा कम्पनीको १७ लाख ५ हजार २ सय २ कित्ता सेयर भेरिक्स हेल्थ इन्क, सयुक्त राज्य अमेरिकाको नाममा बिक्री भएको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर कम्पनीले कर कार्यालयलाई कुनै जानकारी नै नदिई कारोबार गरिरहेको विभागको आरोप छ । विभागले ५ अर्ब १८ करोड, २२ लाख कर छलि गरेको र सोको बिगो जरिवाना सहित १० अर्ब ३६ करोड बिगो माग दाबी भएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

प्रालीले नेपालमा सफ्टवेयर निर्माण गरी अमेरिका निर्यात गर्ने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्