Shikhar Insurance

लाइका क्यामरा सहितको ‘शाओमी १४’ बजारमा, कति पर्छ मूल्य ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १८:१४
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन ‘शाओमी १४” नेपालमा सार्वजनिक गरेको छ । लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टम रहेको ‘शाओमी १४’ बजारमा सार्वजनिक गरेको हो ।

‘शाओमी १४’ मा ६.३६ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले, स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर, र ९० वाट वायर वा ५० वाट वायरलेस चार्जिंगको साथमा ४६१० एमएच ब्याट्री रहेको कम्पनीले जनाएको छ । एआई फेस अनलक, अन स्किृन फिङ्गरप्रिन्ट जस्ता फिचरका साथमा आइपी ६८ रेटिङ पनि यस स्मार्ट फोनमा उपलब्ध छ ।

Citizen Life
Kumar Bank
Nepal Life

डुअल सिम सपोर्ट, ५ जि कनेक्टिभिटी, र विभिन्न सेन्सरहरूले प्रयोगकर्ताको अनुभवलाई झनै रमाइलो बनाउने विश्वास कम्पनीले लिएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भनिन्,“शक्तिशाली पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले,ए–ग्रेड क्यामरा सिस्टम र उत्कृष्ट सेक्युरिटी फिचरका साथ शाओमी १४ प्रयोगकर्ताको लागि सर्वोत्कृष्ट विकल्प बन्ने हामीले विश्वास लिएका छौँ । हामीलाई अपार माया दिनुहुने हाम्रा नेपाली ग्राहकहरूका लागि यो नयाँ प्रविधि ल्याउन पाउँदा हामी ज्यादै खुसी छौँ ।”

‘शाओमी १४’ स्न्यापड्रागन ८ जेन ३ प्रोसेसरद्वारा सञ्चालित छ जुन अत्याधुनिक ४ एनएम पावर– इफिसियन्ट उत्पादन प्रक्रियाबाट बनेको कम्पनीको दाबी छ । २६७० ह १२०० को रिजोलुसन र १.५ के ६.३६ इन्चको एमोलेड प्यानलका साथ आकर्षक डिस्प्लेमा ‘शाओमी १४’ आएको कम्पनीले बताए ।

१ हर्जदेखि १२० हर्जसम्मको डाइनामिक रिफ्रेस रेटले फ्लुइड एनिमेसन, सहज स्क्रोलिङ र पावर इफिसियन्सी सुनिश्चित गर्दछ । साथमा डल्बी भिजन, प्रो एचडिआर डिस्प्लेले भाइब्रेन्ट र डिटेल कलर पनि उपलब्ध रहेको छ । शाओमी १४ को ४६१० एमएचको ठुलोे ब्याट्री र फास्ट चार्जिङले दिनभरको प्रयोग सुनिश्चित गर्दछ । ९० वाटको फास्ट चार्जिङ भएको हुदा जम्मा ३१ मिनेट (बुस्ट मोड) मा नै फूल चार्ज गर्न सक्छ । साथै ५० वाटको वायरलेस हाइपर चार्ज र रिभर्स वायरलेस चार्जिङले यस डिभाइसलाई झनै उपयुक्त बनाउने कम्पनीले दाबी गरेको छ ।

शाओमी १४ कालो, सेतो र जेड ग्रीन कलरमा १२ जिबी ५१२ जिबी भेरियन्टमा उपलब्ध छ । शाओमी १४, १२ जिबी ५१२ जिबी भेरियन्टको मूल्य ९९ हजार ९ सय ९९ राखिएको छ । यस्तै, शाओमीले शाओमी प्रायोरिटी क्लब पनि लन्च गरेको छ जसको माध्यमबाट ग्राहकहरुले शाओमी १४ मा विशेष फाइदाहरू प्राप्त गर्न सक्नेछन् । यस क्लबका सदस्यहरूले ६–महिना विस्तारित वारेन्टी, एक पटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट ९पहिलो ६ महिना भित्र०, निःशुल्क लेबर कस्ट (पहिलो २४ महिना भित्र) र प्राथमिकतामा ग्राहक सेवा पनि प्राप्त गर्नेछन् ।

यस प्रायोरिटी क्लबको शुरुवातले शाओमीको ग्राहक अनुभवलाई अझै निखार्ने कम्पनिले विस्वास लिएको छ । शाओमी १४ सबै एमआई स्टोर र शाओमीका आधिकारिक अथोराइज्ड रिटेल आउटलेटहरुमा १८ चैतबाट उपलब्ध छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्