Shikhar Insurance

नेपाल स्पोर्टसद्वारा वाफ च्याम्पियनसिप उपविजेता टोलीलाई ७५ हजार नगदसहित सम्मान

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान (इस्टर)को अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रम सम्पन्न गरेको छ । नेपाल स्पोर्टसले वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीलाई ७५ हजार नगदसहित सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले देशमा सम्भावना हुँदा–हुँदै पनि खेलकुद पूर्वाधारको विकास हुन नसक्नु खेलाडी उत्पादनका लागि प्रशिक्षितहरुको खोजी गर्न नसक्नु र व्यवस्थापन हुन नसक्नुले खेलकुद क्षेत्रले सकेको जति सफलता हासिल गर्न नसकेको बताए । खेलकुद विकासका लागि देश अगाडि बढ्नसके धेरै सम्भावना बोकेको हुँदा नेपालको खेलकुद क्षेत्र क्रमशः व्यवसायिकतातर्फ उन्मुख हुँदै गएको बताए । त्यस्तै उनले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा जोड दिन सके मात्र मुलुकको भविष्य उज्वल हुने र यो वस्तुगत धरातललाई आत्मासाथ गर्दै खेलकुद क्षेत्र विकासका लागि सबै क्षेत्र जुट्न आवश्यक रहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा नेपाल बक्सिङ संघका अन्तरराष्ट्रिय निर्देशक तथा एनएफएसका संस्थापक श्याम अवालेले देश संघिय लोकतान्त्रिक गणतन्त्रसहितको धर्मनिरपेक्षता भएकोले व्यक्तिले आफनो धार्मिक आस्थाको अवलम्बन गर्न पाउने स्वतन्त्रता संविधानले समेत ग्यारेन्टी गरेको जानकारी दिए । उनले सभाले राष्ट्रमा धार्मिक एकता, मेलमिलाप र शान्तिको सन्देश दिने कुरामा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा नेपाल व्याप्तिष सेमिनारीका प्रिन्सिपल डा.जोन नारायण राईले नेपाली चर्चले नेपालको विकास सुशासन, शान्ति र समृद्धि अनि एकताको लागि खेलकुदको विकासलाई अगाडि बढाउँदै खेलको माध्यमद्वारा परमेश्वरको राज्यलाई विश्व सामु जित्नुपर्ने बताए । कार्यक्रमका अध्यक्ष वेन्जी थापाले खेलकुदको क्षेत्रबाट चर्चको विकास सम्भव देखिदै गर्दा खेलकुद विकासका लागि सबै क्षेत्र, समुदायसँग हातेमालो गर्दै देशभर यसलाई अभियानका रुपमा लैजानु पर्नेमा जोड दिए ।

एनएफएसका संयोजक लबिस राईले चर्च भित्र खेलकुद क्षेत्रको विकास गर्न सके सामाजिक एकता र सम्वृद्धिको आधारशिला तयार पार्ने हुँदा नेपाली चर्चहरुले खेलकुद विकासका लागि राम्रो दृष्टिकोण बनाएर अगाडि बढ्न आवश्यक रहेको उल्लेख गरे । उनले नेपाली चर्च खेलकुदको माध्यमबाट विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने हुँदा अब नेपाली चर्चहरु पनि त्यसतर्फ गम्भीर बन्नु पर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्