Shikhar Insurance

‘बीवाईडी एशिया प्यासिफिक’ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार ११:५३
NIMB
Nabil Bank

काठमाडौं । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक ‘साइमेक्स इंक’ चीनको सियानमा आयोजित प्रतिष्ठित ‘बीवाईडी एसिया प्यासिफिक-२०२४’ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ । साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई पुरस्कार हात पार्न सफल भएको हो ।

साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको छ । अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राप्त उल्लेखनिय उपलब्धि वाहेक साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ । नेपालमा बीवाईडी डिलरहरुको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको छ । हाल विभिन्न १५ स्थानमा बीवाईडी शोरुम सफलतापूर्वक स्थापना गरिएका छन् भने थप ३ शोरुम स्थापित हुने क्रममा रहेका छन् । साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डीसी फास्ट चार्जर स्थापना गरेको छ भने थप विस्तारको क्रममा रहेका छन् । यसले कम्पनीको दिगो मोबिलिटीप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्दछ ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने,’हामी बीवाईडीबाट सम्मानित भएका छौँ र यी प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छौ । यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान ग्राहक र साझेदारहरुको अटुट समर्थनको प्रमाण हो । हामी नवप्रवर्तनतिर अगाडि बढ्ने, दिगोपन प्रवद्र्धन गर्ने र हाम्रा सबै सरोकारवालाहरुमा अनुपम मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा सदैव अडिग छौ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्