Shikhar Insurance

उखु पेलेर दैनिक २ हजारभन्दा बढी आम्दानी गर्दै सालघारीका चौधरी

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १३:०३
NIMB
Nabil Bank

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३० वर्षीय निमबहादुर चौधरी उखु पेल्नमै व्यस्त छन् । गर्मीयाम सुरु भएसँगै फागुन दोस्रो सातायता चौधरी उखु पेल्नमै व्यस्त भएका हुन् ।

भीमदत्त–४ महेन्द्रनगरमा निमबहादुरले उखु पेल्ने काम थालेर मनग्य आम्दानी गरिरहेका छन् । उखु पेलेरै उनले तीन सदस्यीय परिवारको घरखर्च चलाइरहेका छन् । उनले भने,“गर्मीयाम सुरु भएकाले उखुको जुस सबैको रोजाइमा पर्छ, दैनिक २ हजारभन्दा बढी आम्दानी भइरहेको छ । स्वदेशमै यति राम्रो आम्दानी भएपछि विदेश जानुपर्ने बाध्यता रहेन ।”

Citizen Life
Kumar Bank
Nepal Life

खर्च कटाएर दैनिक १ हजार ५ सय बचत हुने गरेको उनको भनाइ छ । सालघारीमा बसोबास गर्ने निमबहादुरको परिवारमा उनका श्रीमती र आमा छन् । चौधरी उखुको जुस निकालेर बिक्री गर्ने गर्छन् । ४० प्रतिगिलासका दरले उखुको जुस बिक्री हुने गरेको उनको भनाइ छ । “प्रत्येक दिन बिहान उखु किनेर ल्याउँछु, बेलुका त्यो उखु सकिन्छ । प्रतिक्विन्टल १ हजारमा उखु पाइन्छ” उनले भने । निमबहादुरले ९३ हजारमा उखु पेल्ने मेसिन किनेर यो व्यवसाय सञ्चालन गरेका हुन् ।

स्वदेशमा रोजगारी नपाएपछि युवा विदेशिनेक्रम बढिरहेका बेला निमबहादुर भने स्वदेशमै केही गर्न सकिन्छ भनेर व्यवसायमा लागेको बताउँछन् । “अर्काको देशमा पसिना बगाएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानै भए पनि व्यवसाय गर्ने सोच बनाएँ । अहिले राम्रै आम्दानी भइरहेको छ, गरे स्वदेशमै पनि राम्रो कमाइ गर्न सकिन्छ” उनले सुनाइ ।

निमबहादुर घर बनाउने काम गर्ने मिस्त्री पनि हुन् । विदेश नगएरै स्वदेशमै उखु पेल्ने काम गर्ने योजना बनाएको उहाँ सुनाउनुहुन्छ । “कोरोनापछि मिस्त्री काम धेरै कम पाइन थाल्यो, मिस्त्री कामले गुजारा चल्ला जस्तो भएन । विदेशमा गएर जस्तो पायो त्यस्तो काम गर्छन्, त्योभन्दा त देशमै सानै भए पनि आफ्नै काम गर्छु भनेर यसमा लागेको हुँ ।” निमबहादुर बताउँछन् ।

३० वर्षीय निमबहादुरले कक्षा १० सम्मको अध्ययन गरेका छन् । अठार वर्षको हुँदा बुवा गुमाएपछि परिवारका एक्ला छोरा निमबहादुरको काँधमा जिम्मेवारी थपियो । त्यसपछि उनले उच्च शिक्षा हासिल गर्न सकेनन् । घर खर्च जोहो गर्न मजदुरी थालेका उनले मिस्त्रीको काम पनि सिकेका थिए । दैनिक २ सय ५० मा मजदुरी गरेका निमबहादुर मिस्त्री बनेसँगै दैनिक १ हजार कमाउँथे । “दुई वर्षसम्म मजदुरी गरे, मजदुरी गर्दा गर्दै मिस्त्रीको काम पनि सिकियो, मिस्त्री काममा पनि सुरुमा राम्रै थियो, कोरोनापछि निकै कम काम पाइन थाल्यो । कति महिना घरमै बसे, त्यसपछि उखुको व्यवसायमा लागेको हुँ” उनले सुनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्