Shikhar Insurance

केराखेतीबाट १० जनालाई नियमित रोजगारी

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १३:४८
NIMB
Nabil Bank

झापा । झापाको गौरीगञ्ज–५ मा केराखेती गरिरहेको श्री गणपति एग्रिकल्चर फार्म प्रालिले १० जना श्रमिकलाई नियमित रोजगारी दिइरहेको छ । उनीहरुले केरा लगाउने, गोडमेल तथा हेरचाह गर्ने, उत्पादन भएका केरा टिप्नेलगायत काममा रोजगार गरिरहेका हुन् ।

केरा उत्पादन सुरु भएसँगै उक्त फार्ममा थप रोजगारी सिर्जना हुने फार्म सञ्चालक कमल थापाले बताए । उनका अनुसार ८० बिघा जमिन भाडामा लिएर केराखेतीमा लगाइएको छ भने हालसम्म २ करोड खर्च भइसकेको छ । सञ्चालक थापाले भने,“९० हजार केराका बिरुवा लगाएका छौँ । एउटा बिरुवाबाट अर्को बिरुवाको दूरी छ दशमलव पाँच फिट हुन्छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘ब्लक विकास’ कार्यक्रममार्फत जिल्लास्थित कृषि ज्ञान केन्द्रले फार्मलाई प्राविधिक सहयोग गरिरहेको छ । केन्द्रका प्राविधिक अञ्जु आचार्यका अनुसार केन्द्र र फार्मको ५०/५० प्रतिशत लगानीमा प्रविधिक सामग्री सहयोग गर्ने सम्झौता भएअनुसार काम गरिएको बताईन् । उनका अनुसार पम्पसेट, पाइप मोटर्स, प्राङ्गारिक मललगायतमा दुबै पक्षको ३० लाख ९ हजार सात सय खर्च भएको छ ।

“फार्मले खानासहित दैनिक पाँच सय ज्याला दिन्छ । घर नजिकै रोजगारी पाएका छौँ । रोजगारीका लागि अरु देश जानु परेको छैन । यो हाम्रा लागि खुसीको कुरो हो”, फार्मका कामदार एकबार मियाँले बताए । फार्मका अध्यक्ष वासु उप्रेतीका अनुसार सरकारले केरा उत्पादन भएसँगै बजारीकरण तथा प्रविधिक सहयोग गरेमा पहिलो वर्ष नै लगानी उठाउन सकिने बताए । लगानी उठेपछि खेती विस्तार गर्दै लैजाने योजना पनि रहेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्