Shikhar Insurance

निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा सुधार भएको सन्देश दिनुपर्छः अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १८:२१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा सुधार भएको सन्देश दिन जरुरी रहेका बताएका छन् । सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले जिम्मेवार उद्योगी व्यवसायीहरुले अर्थतन्त्रमा सहज अवस्था नभए पनि अर्थतन्त्र सुधारको सन्देश दिन आवश्यक भएको बताए । उनले जिम्मेवार व्यवसायी र व्यक्तिहरुले सबैतिर नकारात्मक अवस्थाको सन्देश दिँदा वातावरण थप बिग्रने अवस्था भएको दाबी गरे ।

Citizen Life
Kumar Bank

उनले पछिल्लो एक वर्षका अर्थतन्त्रका धेरै सूचकहरुमा सुधार भएको भन्दै अब थप सुधार हुँदै जाने आशा रहेको जिकिर गरे । उनले पछिल्लो एक वर्ष अघिसम्म बैंकहरुमा रहेको तरलता अभाव अहिले सहज भएको, बैंकको ब्याजदर एकल अंकमा आउन लागेको, रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति बढेको भन्दै अर्थतन्त्रमा सुधारको संकेत आएको बताए ।

उनले व्यवसायीहरुले मुलुकभरका व्यवसायीहरु सामु सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए । उनले बैंकमा करिब ७ खर्ब लगानीयोग्य पुँजी रहेको बताए । अध्यक्ष ढकालले पछिल्लो समय महासंघका वस्तुगत संघहरु महासंघ भएसँगै उद्योग वाणिज्य महासंघको सदस्यता नलिने भन्ने हल्ला सुनिएको भन्दै त्यसले निजी क्षेत्रलाई बलियो बनाउन नसक्ने धारणा राख्य ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ सरकार पछिको दोस्रो ठूलो संयन्त्र भएको दाबी गर्दै राज्यले लिने नीति समेत महासंघको आधारणपछि मात्रै लिने गरको स्मरण गराए । उनले व्यवसायीहरुको माग र मुद्दालाई राज्यसँग सहकार्य र समन्वयमार्फत समाधान गर्ने माध्यम नै महासंघ भएको दाबी गरे ।

न्युज एजेन्सी नेपाल

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्