Shikhar Insurance

उच्च अदालतले रोक्का गर्‍यो पाकिस्तानी पूर्व प्रधानमन्त्री खानविरूद्धको भ्रष्टाचार आरोप

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १८:२६
NIMB
Nabil Bank

एजेन्सी । पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानविरूद्ध भ्रष्टाचारको आरोप रोक्का गरेको छ । अदालतले जेलमा रहेका खानविरूद्ध भएको जेल सजायलाई सोमबार रोकिदिएको छ ।

यो बाहेक राजद्रोह र अवैध विवाहसम्बन्धी अन्य दुई मुद्दामा सुनाइएको एक दशक लामो जेल सजाय कायम रहेकोले पूर्व क्रिकेटर ७१ वर्षीय खान जेलमुक्त भने नहुने जनाएको छ । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ता अहमद जान्जुआले इस्लामाबाद उच्च अदालतले पूर्व क्रिकेट स्टारलाई राज्यको उपहार बेचेको आरोपमा सुनाइएको भ्रष्टाचारको आरोपलाई रोकिदिएको पुष्टि गरे ।

Citizen Life
Kumar Bank

उनका अनुसार जिल्ला अदालतले ‘सीमित वकिलको पहुँच दिएको छ तर प्रतिरक्षा पक्षलाई बहस टुङ्ग्याउन नदिई हतारमा निर्णय लिएको छ । पाकिस्तानमा फेब्रुअरीमा भएको आम निर्वाचनको केही दिनअघि खानलाई तीन वटा सजाय सुनाइएको थियो । विश्लेषकहरूले पूर्वप्रधानमन्त्री र उनको पार्टी पिटिआईलाई राजनीतिक प्रतिशोधका कारण चुनावमा सहभागी हुनबाट रोक्ने उद्देश्यले मुद्दा परेको बताएका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्