Shikhar Insurance

पर्सामा ८ महिनामा सवारी साधनको जरिवानाबाट डेढ करोड राजस्व सङ्कलन

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १८:३४
NIMB
Nabil Bank

पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सवारी साधनको जरिवाना वापत १ करोड ५० लाखभन्दा धेरै राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागुन मसान्तसम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार ५ सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले ८ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट १ करोड ५७ लाख ६९ हजार ६ सय छ रकम राजस्व सङ्कलन गरेको बताए ।

Citizen Life
Kumar Bank

गत आवको तुलनामा चालु आवको ८ महिनामा जरिवानावापतको राजस्वको रकम केही घटेको छ उनले भने ‘अहिले नयाँ टिभिआरएस सिस्टम लागू गरेका छौँ । विगतमा अधिकतम जरिवानाबाट सुरुवात गर्ने गरिन्थ्यो । तर,अहिले न्यूनतमबाट जरिवाना गर्दा केही राजस्व घटेको हो ।’ ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तीव्रता दिँदा पनि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकको सङ्ख्यामा केही कमी आएको उनको भनाइ रहेको छ ।

कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ट्रकको सङ्ख्या छ हजार चार सय २५ रहेको छ । ट्रकबाट ८८ लाख १९ हजार दुई राजस्व सङ्कलन भएको छ । कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३२ बस कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्ने बसबाट १ लाख ३० हजार पाँच सय राजस्व सङ्कलन भएको छ । त्यस्तै गरी ट्राफिक नियम उल्लङ्घन गर्ने कार÷जीप÷भ्यानको संख्या एक हजार तीन सय २४ जना रहेको छ । ती सवारीसाधनबाट  १२ लाख २ हजार पाँच सय पाँच रकम राजस्व सङ्कलन भएको छ । त्यस्तै गरी ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङग्रे सवारीसाधनको सङ्ख्या सात हजार १२ रहेको छ ।

ती सवारीसाधनबाट ४९ लाख ८० हजार ५९ रकम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आव भरिमा भने ट्राफिक नियम उल्लङ्घन गर्ने ३५ हजार पाँच सय ३४ सवारीसाधनलाई कारबाही गरेर ३ करोड ४२ लाख ६५ हजार रकम राजस्व सङ्कलन गरेको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्