Shikhar Insurance

डाबर नेपालको व्यापार साढे १३ अर्ब नाघ्यो, लगानी थप गर्दै

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १८:५०
NIMB
Nabil Bank

काठमाडौं । डाबर नेपाल प्राईभेट लिमिटेड (डीएनपीएल)ले व्यापार बढाएको छ । कम्पीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख व्यापार गरेको हो । रेटिङ एजेन्सी केयर नेपालका अनुसार कम्पनीको व्यापार अघिल्लो बर्ष(२०२२)को तुलनामा ४.५८ प्रतिशत अर्थात ५९ करोड ७० लाखले बढी हो ।

कम्पनीले २०२१ को १० अर्ब ६९ करोड ५० लाख रुपैयाँ कारोबारलाई बढाएर २०२२ मा आईपुग्दा १३ अर्ब १ करोड ८० लाख कारोबार गरेको थियो । डाबरले रियल, एक्टिभ र बस्र्ट लगायत ४० भेरियन्टमा रियल ब्रान्डमार्फत् जुस उत्पादन गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले स्वास्थ्य सेवा, व्यक्तिगत हेरचाह र २५० भन्दा बढी हर्बल आयुर्वेदहरु उत्पादन गर्दै आईरहेको छ । डाबरले नेपालमा एफएमसीसी उत्पादनमा ३ दशकभन्दा बढी रेकर्ड कायम राखेको छ । डीएनपीएलसँग ३ सय भन्दा बढी वितरण नेटवर्क रहेको छ ।

डीएनपीएल सन् १९८९ मा स्थापित प्राईभेट कम्पनी हो । यो डाबर इन्डिया लिमिटेडको सहायक कम्पनी हो । कम्पनीले फलफूलको जुश, पेय पदार्थ, ग्लुकोज, टुथपेस्ट, कपालमा लगाउने तेल, हाजमोला, मह जस्ता खाद्यान्नको उत्पादन गर्दै आएको छ ।

कम्पनीले लगातार व्यापारमा गति बढाउँदै आईरहेको छ । कम्पनीले ४ वर्षभित्र ८ अर्बले व्यापार थप्ने योजना बनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्