Shikhar Insurance

शाओमीले ल्यायो नयाँ वर्षको अफर, ‘रेड्मी नोट १३’ किन्दा ‘रेड्मी बड्स ४ एक्टिभ’ फ्रि

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार ११:४३
NIMB
Nabil Bank

काठमाडौं । शाओमीले नयाँ वर्षको अवसरमा “नयाँ साल–नयाँ नोट” नामक विशेष अफर लिएर आएको छ । शाओमील रेड्मी बड्स ४ एक्टिभ फ्रि मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्ने अफर बजारमा ल्याएको हो ।

रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो + ५ जि को खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा ५ हजार ६ सय ९९ रुपैयाँ रहेको रेड्मी वाच ३ एक्टिभ ३ हजार ४ सय ९९ रुपैयाँ छुट मूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् । यस अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने शाओमीको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भनिन्,“हामी आफ्ना ग्राहकवर्गका लागि नयाँ वर्षको अवसर पारेर नयाँ अफरहरु ल्याउन पाउँदा निकै खुसी छौं । रेड्मी नोट १३ मार्फत हामी नविन प्रविधिको पहुँच ग्राहकहरुमा पुर्याउन खोजिरहेका छौं । हामीलाई आशा छ यी अफरहरुले हाम्रा ग्राहकहरुलाई रेड्मी नोट सिरिजका स्मार्टफोन खरिद गर्न प्रेरित गर्नेछ ।”

रेड्मी १३ नोट सिरिज अन्तर्गत तिन प्रकारका फोनहरु उपलब्ध छन् । रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि । ६ जिबि ¥याम + १२८ जिबी स्टोरेज र ८ जिबि ¥याम + २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा सहित उपलब्ध छ ।

त्यसैगरी रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

शाओमीको चैत्र १९ गतेबाट सुरु भएको यो अफरको फाईदा उठाउनका लागि ग्राहकले वैशाख ९ गते भित्र नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरमा उपलब्ध रहेको कम्पनीको भनाई छ ।

मूल्य तथा उपलब्धताः
रेड्मी नोट १३ः
मूल्यः २४ हजार ९ सय ९९ (६/१२८ जिबि), २७ हजार ९ सय ९९ (८/२५६ जिबि)
मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू

रेड्मी नोट १३ प्रोः
मूल्यः ३४ हजार ९ सय ९९ (८/२५६ जिबि), ३९ हजार ९ सय ९९ (१२/५१२ जिबि)
मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल

रेड्मी नोट १३ प्रो प्लस ५ जि:
मूल्यः ४७ हजार ९ सय ९९ (८/२५६ जिबि), ५२ हजार ९ सय ९९ (१२/५१२ जिबि)
मिडनाइट ब्ल्याक, मुनलईट ह्वाइट र औरोरा पर्पल

रेड्मी नोट १३ सिरिजका कुनै पनि स्र्माटफोनको खरिदमा ग्राहकवर्गले रेड्मी बड्स ४ एक्टिभ निःशूल्क प्राप्त गर्न सक्नेछन् । साथै रेडमी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५ जि को खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा ५ हजार ६ सय ९९ रुपैयाँको रेड्मी वाच ३ एक्टिभ ३ हजार ४ सय ९९ छुट मूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्