Shikhar Insurance

महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच लगानी योजनामा वृद्धि गर्ने सहमति

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १२:०७
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना –सिस्टम्याटिक इन्भेस्टमेन्ट प्लान) मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ ।

एनआईसीद्धारा सञ्चालित खुलामुखी योजना–एन आई सी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंक वितरण एजेण्टको रुपमा कार्य गर्न समझदारी भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ । देशभर रहेका लगानीकर्ताहरुको एनआइसी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास सम्झौताले लिएको छ ।

हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिनेछ । यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेकाछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्