Shikhar Insurance

करिब १० करोड लागतमा चार तले पशु अस्पताल निर्माण हुदैँ

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १३:२४
NIMB
Nabil Bank

राजविराज । हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगिनियाँमा ३५ कोठाको चार तले पशु अस्पताल भवनको निर्माण सुरु गरिएको छ । करिब ९ करोड ९३ लाख लागतमा निर्माण हुने भवनको कञ्चन कन्सट्रक्सन सातदोबाटो, ललितपुरले ठेक्का लिएको हो ।

उक्त कन्सट्रक्सनले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी प्राप्त गरेको हनमानगर कङ्कालिनी नगरपालिकाले जनाएको छ । चार तले ३५ कोठे भवनमा पशुसम्बन्धी हरेक रोगको उपचार गर्ने लक्ष्य राखिएको नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिए । उनका अनुसार समपूरक योजना अन्तर्गत ५० प्रतिशत सङ्घीय सरकार र ५० प्रतिशत बजेट नगरपालिकाले बेहोर्नेछ । अस्पताल भवनको राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा जयकान्त राउतले शिलान्यास गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

कोशी नदीको समिपता, पर्याप्त चरणको उपलब्धता, पक्षीजन्य जीवनको आधार, मधेस प्रदेशको प्रवेश एवं निकास तथा भारत–नेपालको सीमा भन्सारका कारण यस नगरमा पशुपक्षीको व्यावसायिक पालन र स्वरोजगारको माध्यमबाट आर्थिक, सामाजिक एवं सुखद जनजीवनको पर्याप्त सम्भावना देखिएको छ । भवन निर्माण र सेवा प्रवाहपछि गाईगोरु र भैँसी बिरामी परेका बेला सदरमुकाम राजविराज धाउनुपर्ने अवस्था अन्त्य हुने स्थानीय अकाश यादवको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्