Shikhar Insurance

सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम २ अर्ब २९ करोड

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८५ अंकले घटेर २०१०.२१ मा पुगेर बजार बन्द भएको छ ।

मंगलबार ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६ सय २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ५ सय ८५ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank

मंगलबार सबैभन्दा धेरै गोरर्खज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । सोमबार कम्पनीको १४ करोड ९८ लाख ८४ हजार ९ सय १ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय ८० रुपैयाँ रहेको छ ।

साथै, आज १२७ कम्पनीको सेयर मूल्य घट्दा १०९ कम्पनीको बढेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने ज्योति विकास बैंक बोन २०७८ को सेयर मूल्य घटेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्