Shikhar Insurance

विपन्न वर्गमा वित्तीय पहुँच र हजारौं संख्यामा रोजगारी सिर्जना गर्दै एनआईसी एशिया बैंक

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १५:४९
NIMB
Nabil Bank

काठमाडौं । एनआईसी एशिया बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका स्थानीय निकायहरूमा जनतालाई वित्तीय पहुँच पु¥याइएको छ । बैंकले ३४ भन्दा बढी स्थानीय निकायहरूमा पुगेर बैंकिङ्ग प्रणालीमा नआएका जनतालाई वित्तीय पहुँचमा ल्याइएको हो ।

बैंकले यस्ता कैयौँ काम गर्दै आएको छ, जसले नेपालको बैकिङ्ग क्षेत्रमा एक छुट्टै पहिचान बनाउन सफल भएको छ । बैंकहरु नपुगेका यस्ता क्षेत्रमा पुगेर यस बैंकले वित्तीय पहुँच पुर्याउँदै पिछडिएका जनसंख्यालाई वित्तीय मूलधारमा समाहित गरेको बैंकले जनाएको छ । दूरदराज, ग्रामीण क्षेत्र र सहरउन्मुख क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै निम्न वर्ग, आर्थिक पहुँचमा आउन नसकेका ४१ लाखभन्दा बढी आमसर्वसाधारण यस बैंकका निक्षेप ग्राहक छन् । जसले गर्दा मुलुकको वित्तीय प्रणालीमा उनीहरुको कुनै न कुनै रुपमा सहभागिता बढेको छ भने वित्तीय साक्षरता पनि बढ्दै गएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले यस्तै क्षेत्र र जनतालाई लक्षित गरी बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा यस बैंकले शाखा विस्तार गरेको छ । बैंकले हालसम्म विस्तार गरेका ३६० शाखा कार्यालयहरुमध्ये ७२ प्रतिशत शाखा कार्यालयहरू ग्रामीण तथा साना शहरी क्षेत्रमा स्थापना गरेको बैंकले जानकारी दिए । बैंकले १५ लाख रुपैयाँदेखि ५ करोडसम्मको कर्जालाई साना तथा मझौला कर्जामा वर्गीकरण गरेर आव २०८०÷८१ माघ मसान्तसम्म १८ हजारभन्दा धेरै साना तथा मझौला उद्यमीलाई १ खर्ब ६ अर्ब ४५ करोड रुपैयाँभन्दा धेरै एसएमई कर्जा प्रवाह गरिसकेको छ । यस्तो कर्जा खेती, किसानी र ससाना उद्योग व्यवसाय गरिरहेका उद्यमीहरुले अन्य हजारौंलाई रोजगारी सिर्जना गरिरहेको बैंकले जनाएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ र गत आर्थिक वर्षमा ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब एक तिहाई प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । बैंकले अहिले शिक्षा, स्वास्थ्य, खानेपानी, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन जस्ता क्षेत्रमा विभिन्न सहयोग उपलब्ध गराइरहेको छ । त्यस्तै दुर्गम क्षेत्रका विपन्न समुदायलाई स्वास्थ्य सेवाको उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्थामार्फत स्वास्थ्य शिविरमा सञ्चालनमा सहयोग गर्नेदेखि गोरखामा पुस्तकालय भवन निर्माण गर्न पनि आर्थिक सहयोग गरेको थियो । जसले गर्दा स्थानीय विद्यार्थीहरुले पुस्तकालयमा गएर पढ्ने अवसर प्राप्त गरेका छन् ।

नेपाल सरकारको ‘एक पालिका एक अस्पताल’ कार्यक्रम अन्र्तगत रुपन्देहीको कञ्चन गाउँपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण गर्न आर्थिक सहयोग र लुम्बिनी क्याम्पसको डिजिटाइजेसन परियोजना अन्र्तगत शिक्षा व्यवस्थापन सूचना प्रणाली (इएमआईएस) स्थापना गर्न आार्थिक सहयोग गरेको थियो । यसले क्याम्पसका ४ हजार ८ सयभन्दा बढी विद्यार्थी लाभान्वित भएका थिए । नेपालमा कोरोना संक्रमण बढिरहेको बेलामा जनचेतना फैलाउन विभिन्न संस्थासँग सहकार्य तथा उपकरण वितरण गर्ने, ‘डाक्टर अन डिमान्ड’ (स्वास्थ्य परामर्श) नामक कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग गर्नेदेखि अन्य स्वास्थ्य सामाग्री तथा औषधि किन्न सहयोग गरेको थियो ।

बैंकले देशका विभिन्न ठाउँमा बसोबास गर्ने गरिब, असहाय, फरक क्षमताका विद्यार्थी अल्पसंख्यक जनजाति, पिछडिएका वर्ग, महिला विद्यार्थी, औपचारिक शिक्षाबाट वञ्चित एवं सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई आवश्यक शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्ने अभिप्रायले कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयहरूमा अध्ययनरत १२ जना विद्यार्थीहरूलाई १ लाख ९८ हजार ९ सय ५० रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्