Shikhar Insurance

बङ्गलादेशसँग ८ महिनामा २ अर्ब ४३ करोड बढी व्यापार घाटा

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १७:१३
NIMB
Nabil Bank

झापा । नेपालले एक दशकयता बङ्गलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ । आर्थिक वर्ष २०८०/८१ को चालु ८ महिनामै २ अर्ब ४३ करोड १ लाख ९० हजार व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ ।

नेपाल र बङ्गलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज मार्गका रुपमा पूर्वीनाका काँकरभिठ्ठाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध सुख्खा बन्दरगाह छिचोल्ने ५२ किलोमिटरको पारवहनमार्ग प्रयोग हुँदै आएको छ । नेपाल, भारत र बङ्गलादेशबीचको त्रिदेशीय समझदारीअनुसार भूपरिवेष्ठित मुलुक भएकाले नेपालले यो सोझो पारवहनमार्ग पाएको हो । त्रिभुवन विमानस्थलको हवाई मार्गमार्फत हुने व्यापारको अंश निकै कम छ ।

Citizen Life
Kumar Bank

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७१/७२ यता नेपालले बङ्गलादेशसँगको व्यापार कुनै पनि वर्ष सन्तुलनमा ल्याउन सकेको छैन ।

चालु आवको आठ महिनामा बङ्गलादेशबाट २ अर्ब ५९ करोड ६५ लाख ३१ हजार मूल्य बराबरको मालसामान आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमा बङ्गलादेशतर्फ १६ करोड ५६ लाख ४२ हजार मूल्य बराबरको सामान निर्यात भएको छ ।

बङ्गलादेशसँग आव २०७९ ८० मा ५ अर्ब १८ करोड ९ लाख १३ हजार, आव २०७८/७९ मा १० अर्ब ३८ करोड ३० लाख ३५ हजार, आव २०७७ ७८ मा ६ अर्ब ५४ करोड ७४ लाख एक हजार, आव २०७६ /७७ मा ४ अर्ब २४ लाख आठ हजार, आव २०७५ /७६ मा २ अर्ब ४४ करोड ५० लाख ३७ हजार र आव २०७४ /७५ मा ४५ करोड ५५ लाख ६५ हजार व्यापार घाटा भएको भन्सारको तथ्याङ्क छ ।

यसैगरी, आव २०७३ /७४ मा २ अर्ब ८६ करोड ८९ लाख ८१ हजार र आव २०७१ /७२ मा १ अर्ब ४० करोड ९७ लाख १३ हजार व्यापार घाटा भएको छ । त्यसअघिका चार वर्ष बङ्गलादेशसँगको व्यापारमा नाफामा रहेको देखिन्छ ।

आव २०७०/ ७१ मा आयातको तुलनामा ६० करोड ७७ लाख १२ हजार मूल्य बराबरको सामान बङ्गलादेश निर्यात भएको थियो । उक्त आवमा बङ्गलादेशबाट १ अर्ब ४८ करोड ९० लाख ४२ हजार मूल्य बराबरको मालसमान आयात भएको थियो भने नेपालबाट २ अर्ब नौ करोड ६७ लाख ५४ हजार मूल्य बराबरको सामान बङ्गलादेश निर्यात भएको थियो ।

यसैगरी, आव २०६९ ७० मा ५८ करोठ २७ लाख ४९ हजार, आव २०६८ /६९ मा १ अर्ब १४ करोड ९० लाख ११ हजार र आव २०६७ /६८ मा २ अर्ब ३९ करोड ६९ लाख ११ हजार व्यापार नाफा भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले बङ्गलादेशमा नेपाली उत्पादन निर्यात गर्ने विषयमा सरकारले चासो बढाउनुपर्ने धारणा राख्नुभयो । चार वर्षदेखि पूर्वीनाका (स्थलमार्ग) बाट बङ्गलादेशी पर्यटक आगमनमा भारतीय पक्षको नीतिगत अवरोध भइरहेको जनाउँदै उनले पर्यटक आगमनको वातावरण बनाउन सके व्यापारमासमेत चलहपहल बढ्ने बताए ।

कोभिडदेखि काँकरभिठ्ठाबाट बङ्गलादेशी पर्यटक आउन ठप्प भइरहेको छ उनले भेने ‘नेपाली अलैँची, अदुवा, इस्कुस, किबी जस्ता कृषि उपजको बङ्गलादेशमा ठूलो माग छ । निर्यात कसरी गर्ने भन्ने बारेमा नेपाली पक्षले छलफल नै चलाएको छैन ।’

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्