Shikhar Insurance

‘मेरो २३ लाख सहकारीमा फसेको छ, ठग होइन’-श्रममन्त्री अर्याल

सिंहदरबार संवाददाता
२०८० चैत्र २४, शनिबार १६:३५
NIMB
Nabil Bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले सहकारी ठगीमा आफनो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन् । बजारमा हल्ला फिजाईए जस्तो गरी सहकारी ठगीमा आफनो कुनै भूमिका नरहेको मन्त्री अर्यालले स्पष्ट पारेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ५ काठमाडौंले आउँदै गरेको नयाँ बर्षको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले समस्याग्रस्त घोषणा गरेको हाम्रो नयाँ कृषि सहकारीमा अहिले आफनो कुनै संलग्नता नभएको दाबी गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

“२०७८ सालमा म सो सहकारीको उपाध्यक्ष थिए । तर, मेरो कार्ययोजना र सहकारी सञ्चालकसँगका बिचार मेल खान नसके पछि मैले २०७८ साल पुस ११ गते नै राजीनामा दिएको हो,” उनले भने ।

श्रममन्त्री अर्यालले सहकारीमा आफनो २३ लाख रुपैयाँ डुबेको समेत बताए । एक करोड लगानी गर्नका लागि पहिलो किस्ता स्वरुप २३ लाख रुपैयाँ गरेको उनले बताए । “कोभिड पछि नेपालमा कृषि क्षेत्रको सम्भावना देखे । त्यसैले सहकारीमा आबद्ध भए । त्यसपछि मैले एक महिना लगाएर सहकारीको वर्तमान अवस्था, गतिविधि र सम्भावनाको अध्ययन गरे । अध्ययन पछि ७० पृष्ठको प्रपोजल बनाएर सञ्चालक समितिमा पेश गरे ।  मेरो योजना समितिलाई गज्जब लाग्यो । तर, मलाई मेरो योजना अनुसारको नेतृत्व दिन आनाकानी गरियो । त्यसपछि मैले राजीनामा गरे,” उनले भने । तर, सहकारी छोडे पछि पनि आफनो लगानी फिर्ता नभएको उनले बताए ।

सहकारीको उपाध्यक्ष नियुक्ती भए देखि राजीनामा दिएसम्मको अवधिमा आफूले कुनै पनि कारोबार नगरेको पनि श्रममन्त्री अर्यालले स्पष्ट पारे । “म सहकारीको उपाध्यक्ष रहँदाको अवधिमा एक पटक हस्ताक्षर गरेको छु । त्यो पनि आफु उपाध्यक्ष भएको हो भन्नका लागि । त्यो बाहेक अन्य कारोबार कै लागि कहि कतै हस्ताक्षर गरेको छ्रैन,” उनले स्पष्ट पारे । सहकारीका रजिष्ट्रारको रोहबरमा नै आफूले सहकारीको उपाध्यक्ष पदबाट राजीनामा दिएको उनले बताए ।

“मैले ठगेको हो भने प्रमाण पनि राख्नुस् । अन्यथा कुनै कालखण्डमा सहकारीमा आवद्ध भएकै कारण ठग हो भन्ने कसैलाई छुट छैन,” उनले भने । त्यसैले आरोप लगाउनु पूर्व एक पटक अध्ययन गरेर मात्रै लेख्न र बोल्न उनले आग्रह गरे ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले हाम्रो नयाँ कृषि सहकारीलाई गत फागुन ११ समस्याग्रस्त घोषणा गरेको हो । सहकारीको ठगीमा संलग्नहरुको छानबिनको लागि मन्त्रालयले केन्द्रिय अनुसन्धान व्यूरोलाई सिफारिश गरेको छ भने सहकारीको सम्पति र दायित्व व्यवस्थापनको जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दिएको छ ।

मन्त्रालयको सिफारिश पछि समितिले सहकारीको महाराजगन्ज स्थित कार्यालय सिल गरेको छ । सहकारीमा हालसम्म ३४ जनाले ४ करोड ५० लाख माग दाबीको उजुरी गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्