Shikhar Insurance

धितोपत्र बोर्ड अध्यक्ष बन्न पाँच जनाको नाम सर्ट लिस्टिङ, को-को छानिए ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २५, आईतवार २०:०८
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष पाँच जनाको नाम सर्टलिस्टिङ भएको छ । छनोट समितिले पाँच जनाको नाम सर्टलिष्टिङ गरेको हो ।

समितिले चिरन्जिवी चापागाई, सन्तोष श्रेष्ठ, मुक्ति श्रेष्ठ, नवराज अधिकारी र कृष्ण कार्कीलाई छनोट गरेको हो । समितिले अब पाँच जनाबाट उत्कृष्ट तीन जनालाई मन्त्रिपरिषदको कार्यालयमा पठाउने छ । मन्त्रिपरिषदले तीन मध्ये एक जनालाई धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी दिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष बन्न १९ जनाले अर्थ मन्त्रालयमा निवेदन पेश गरेका थिए । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समिति सदस्यहरुमा अर्थ सचिव कृष्णहरि पुस्कर र विज्ञ सदस्यको रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्