Shikhar Insurance

धितोपत्र बोर्ड अध्यक्षका लागि हाल सम्मकै ठूलो कर्पोरेट वार, शर्टलिष्टिङका पाँच प्रतिस्पर्धी को-कस्ता ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार ०९:३४
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष बन्न हालसम्मकै सबैभन्दा ठूलो कर्पोरेट वार जारी छ । नयाँ स्टक एक्सचेन्ज लाइसेन्सको विषयलाई लिएर कर्पोरेट घरानाहरु एक अर्कासँग भिडेका हुन् ।

बोर्डका पुर्व अध्यक्ष रमेश हमालले स्टकको लाइसेन्स वितरण गर्न नसकेपछि नयाँ बन्ने अध्यक्षको मुख्य जिम्मेवारी नै स्टकको लाइसेन्स दिने बनेको छ । स्टकको लाइसेन्सँगै अध्यक्ष आफ्नो बनाउन कर्पोरेट घरानाहरु देशभित्र तथा देश बाहिरबाट समेत सक्रिय बन्न थालेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्रिपरिषद्‌को २०८० माघ ३ को निर्णयानुसार गठन भएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिश समितिको मिति २०८० फागुन १४ को निर्णयानुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको पदमा नियुक्तिको लागि पदपूर्ती सम्बन्धी सूचना जारी गरिएको थियो । जसमा मिति २०८० फागुन १६ देखि २०८० फागुन ३० गतेसम्म १९ जनाको आवेदन परेको थियो ।

बोर्ड अध्यक्ष बन्नका लागि चिरन्जीवी चापागाई, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा. नवराज अधिकारी, डा. गोपालप्रसाद भट्ट, निरज गिरी, डा. केशवप्रसाद श्रेष्ठ, कृष्ण बहादुर अधिकारी, डा।रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठले आवेदन दिएका थिए ।

यसैगरी प्रविन ‍पन्दाक, सुर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा।बीमल कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्ण बहादुर कार्कीले आवेदन दिएका थिए ।

१९ जना मध्ये छनोट समितिले पाँच जनाको नाम शर्टलिष्ट गरेको छ । जसअनुसार कृष्ण बहादुर कार्की, चिरन्जीवी चापागाई, डा। नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, सन्तोष नारायण श्रेष्ठ छन् । अब छनोट समितिले पाँच जनाबाट व्यावसायिक कार्ययोजना सहित अन्तर्वार्ता लिनेछ । सोमध्ये धेरै अंक प्राप्त गर्ने उत्कृष्ट तीन जनाको नाम अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्नेछ ।

कसको टावर कहाँ ?

चिरन्जीवी चापागाई

बोर्ड अध्यक्ष बन्ने दौडमा सबैभन्दा शक्तिशाली पात्र हुन चिरन्जीवी चापागाई । यस अघि  साविकको बीमा समिति हालको बीमा प्राधिकरणको नेतृत्व गरिसकेका छन् । यस्तै उनी राष्ट्र बैंकका पुर्व निर्देशक पनि हुन् । चापागाई माओवादी पार्टी निकटका व्यक्ति पनि हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल निकट मानिन्छन् । यस्तै उनलाई ब्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको साथ रहेको छ । स्रोतका अनुसार ढकालले चापागाईलाई अध्यक्ष बनाउन प्रयास गरिरहेका छन् ।  स्टक लाइसेन्स सम्बन्धी अहिलेको प्रकृया रोकेर नयाँ प्रकृया सुरु गराउने सर्तमा ढकालले चापागाईलाई अघि सारेका हुन ।

कृष्ण बहादुर कार्की 

कार्की नेकपा माओवादी निकटका व्यक्ति हुन् । उनी माओवादी कोटाबाट नेपाल स्टक एक्सचेन्जको कार्यकारी अधिकृत (सिइओ) को रुपमा कार्यरत छन् । कार्कीको कार्यकाल बाँकी छदै उनी धितोपत्र बोर्ड अध्यक्ष बन्न प्रयास गरिरहेका छन् । उनी अर्थमन्त्री वर्षमान पुन निकट मानिएका छन् । यदि प्रधानमन्त्री दाहालले कुनै दबाब दिएनन भने कार्कीकै नाम पुनले अघि सार्नेछन् । कार्कीलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नेप्सेको नेतृत्व दिएका थिए ।

डा. नवराज अधिकारी

डा. अधिकारी बोर्डकै कार्यकारी निर्देशक हुन् । उनी बोर्डमा लामो समयदेखि कार्यरत छन् । उनी प्रधानमन्त्री दाहालको आफन्त/नजिक साइनोका भएका व्यक्ति हुन् । स्रोतका अनुसार डा. अधिकारीको विषयमा प्रधानमन्त्री दाहालले पनि सोधिखोजी गरेका छन् । अधिकारीले धितोपत्रकै बिसयमा विध्यावारीधी गरेका छन् ।

सन्तोष नारायण श्रेष्ठ

सन्तोष नारायण श्रेष्ठ व्यावसायी दिपक भट्ट निकटका व्यक्ति हुन् । उनी भट्टसँगै नजिक रहेर काम गर्ने व्यक्ति हुन् । यदि अध्यक्षमा दिपक भट्टको भागमा परे श्रेष्ठ सिधै अध्यक्ष बन्नेछन् ।

 मुक्तिनाथ श्रेष्ठ

मुक्ति श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । उनको पनि पावर सेन्टर दीपक भट्ट नै हुन् । स्रोतका अनुसार भट्टकै कोटामा टप फाइभमा पुगेका हुन् । सन्तोष नारायण श्रेस्थको विकल्प खोज्नु पर्दा मुक्तिनाथको पल्लाभारी हुने सम्भावना छ ।

नयाँ स्टकको लाइसेन्सका लागि विशेषगरी २ समुह आमुने सामुने बनेका छन् । व्यावसायी उपेन्द्र महतो र व्यावसायी दिपक भट्टबिच चर्को प्रतिस्पर्धा छ । धितोपत्र बोर्ड इतिहासमा यी अध्यक्ष नियुक्ति गर्न सबैभन्दा धेरै प्रतिस्पर्धा यो पटक नै भएको जानकाहरु बताउँछन् । बोर्डले २०७९ असोज २ गते नयाँ स्टक एक्चेन्जको लागि आवेदन माग गरेको थियो । नयाँ स्टकको लाइसेन्स वितरण प्रकृया सुरु भएपछि केहि समुह सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्च अदालतले तत्काल प्रकृया अघि बढाउन रोकेको थियो । पछि अदालतले रिट खारेज गर्दै बाटो खुलाएपछि बोर्डले २०७९ चैत ३० गते १० दिनको म्याद राख्दै आवेदन माग गरेको थियो । आवेदनमा तीन वटा कम्पनीको नाम परेको छ । जसमा हिमालयन स्टक एक्सचेन्ज, नेश्नल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपुर्ण स्टक एक्सचेन्जको निवेदन परेको थियो ।

नेश्नल स्टकमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष जिवा लामिछाने दिपक तिमिल्सिना लगायतको ‍लगानी छ । हिमालयन स्टकमा व्यावसायी दिपक भट्ट लगायतको लगानी छ । यस्तै अन्नपुर्ण स्टकमा क्याप्टेन रामेश्वर थापाको लगानी हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्