Shikhar Insurance

कर छलि भएको भन्दै जगदिशप्रसाद साहसहित ५ जनालाई कर कार्यालयले बयानको लागि बोलायो

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार ११:४८
NIMB
Nabil Bank

काठमाडौं । आन्तरिक राजस्व कार्यालय जनकपुरले ५ जनालाई बयानको लागि बोलाएको छ । कार्यालयले अन्तशुल्क छलि गरेको भन्दै बयानका लागि बोलाएको हो ।

अन्तशुल्क छलि अभियोगमा स्कट एण्ड स्कटस नेपाल प्रा.लिका संचालकहरु काठमाडौं महानगरपालिका वडा न ३१ बानेश्वरका जगदिश प्रसाद शाह, बझाङका कर्णबहादुर खड्का, अछामका सजन गिरी, बुढानिलकण्ठ नगरपालिका- ९ का नारायणकुमार खत्री र काठमाडौंका दिपक तण्डुकारलाई बयानको बोलाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

जनकपुर कर कार्यालय प्रमुख कशोर बर्तौलाले अन्तशुल्क छलि गरेको भेटिएपछि गोप्य अनुसन्धान थालिएको बताए । कार्यालयले सुरुमा सात दिनको म्याद जारी गरेको भएपनि उपस्थित नभएपछि पुन: सात दिनको म्याद थपेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्