Shikhar Insurance

इजरायलमाथि इरानको आक्रमण, इजरायली प्रधानमन्त्री नेतन्याहूले डाके ‘वार क्याबिनेट’

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १२:४९
NIMB
Nabil Bank

एजेन्सी । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण सुरु गरेको छ । इजरायली सेनाले तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको र त्यसमा ९९ प्रतिशत भने आकासमै निस्तेज पारिएको जनाएको छ ।

तर केही ड्रोन र क्षेप्यास्त्र भने इजरायलमा प्रवेश गर्न सफल भएको समेत सेनाले जनाएको छ । इजरायली सेनाको प्रवक्ताका अनुसार आक्रमण इराक र यमनको भुभागबाट गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

इरानी रिभोल्युशनरी गार्डस्‌ले विज्ञप्ति जारी गर्दै इजरायमा भएको आक्रमणको जिम्वेवारी लिदैं इजरायली अपराधको जवाफ दिएको बताएको छ । उसले सिरियास्थिति इरानी कूटनीतिक परिसरमा भएको इजरायली अक्रमणको जवाफ भएको उल्लेख गरेको छ । इरानको रिभोल्युशनरी गार्डले भने आफ्नो हमलाले तय गरिएको लक्ष्य हाँसील गरेको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आक्रमणको जवाफ दिने बताउँदै छलफलका लागि ‘वार क्याबिनेट’ बैठक बोलाएका छन् । त्यसबाट इरानलाई गरिने प्रत्याक्रमणको बारेमा निर्णय लिइने नेतन्याहूले जनाएका छन् । उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन् । यसअघि इजरायली डिफेन्स फोर्स आईडिएफले तेहरानले अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा भोग्नुपर्ने चेतावनी दिएको थियो ।

कस्ताे छ क्षतिको अवस्था ?

इजरायली सेनाका अनुसार हमलाहरू अझै नरोकिएको, दक्षिणी इजरायलको एक सैन्य शिविरमा सामान्य क्षति भएको, तथा विस्फोटका कारण १० वर्षीया बालिका घाइते भएको जनाएको छ ।

आइडिएफले धेरैजसो हमलालाई आफ्नो हवाई प्रतिरक्षा प्रणाली र उक्त क्षेत्रमा रहेका आफ्ना रणनीतिक साझेदारहरूसँगको सहयोगमा इजरायली भूमिमा प्रवेश गर्नु अगावै निस्तेज पारेको जनाएको छ ।

आइडिएफ प्रवक्ताले केही इरानी क्षेप्यास्त्र इजरायलमा प्रवेश गर्न सफल भएकोले एक सैन्य केन्द्रमा थोरै क्षति भएको बताएपनि त्यसबारे थप जानकारी दिएनन् ।

इजरायलको हवाई प्रतिरक्षा प्रणालीले आकाशमा क्षेप्यास्त्रहरू रहेको सुचाना दिएपछि जेरुसेलममा साइरनहरू बजेका थिए ।

कस्ताे छ अन्तर्राष्ट्रिय प्रतिक्रिया ?

अमेरिकी राष्ट्रपति जो बाइडन आफ्नो सप्ताहन्तको बिदा रद्द गर्दै ह्वाइट हाउस फर्केका छन् । उनले राष्ट्रिय सुरक्षा सल्लाहकार र मन्त्रीहरूसँग ह्वाइट हाउसमा इजरायलमा इरानको हमलाबारे छलफल गरेका छन् ।

ह्वाइटहाउसको सिचुएसन रुममा भएको बैठकको तस्बिरसहित उनले इरान र उसका प्रोक्सीहरूबाट हुने जोखिमसँग जुध्नका लागि इजरायप्रतिको वासिङ्टनको प्रतिबद्धता लौह स्तम्भ जस्तै अटल रहेको प्रतिकृया दिएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार इरायलमा प्रहार भएका ड्रोनलाई निस्तेज पार्न अमेरिकी लडाकु जेटहरू समेत संलग्न भएका थिए।

इजिप्टले आफ्नो हवाई प्रतिरक्षालाई अधिकतम सजग अवस्थामा राखेको जनाएको छ । कायरोले उक्त क्षेत्र र त्यहाँका मानिसहरूलाई अधिकतम रूपमा संयमित रहन आह्वान गरेको छ ।

ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले इरानी हमलालाई लापरवाही भन्दै निन्दा गरेका छन् । उनले इरानलाई भद्रगोल सिर्जना गर्न खोजेको आरोप लगाउँदै यो आक्रमण इरानका लागि प्रतिउत्पादक हुने तथा यसको महँगो मूल्य चुकाउनु पर्ने बताएका छन् ।

फ्रान्सले समेत इरानको निन्दा गर्दै उसको कदम अस्थिरताको नयाँ विन्दुमा पुगेको भन्दै चेतावनी दिएको छ।

राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरसले आफू क्षेत्रीय रूपमा चर्कने युद्द वास्तविक खतरालाई लिएर गहिरो चिन्तामा परेको बताउँदै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गरेका छन् ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्