Shikhar Insurance

इजरायल-इरान वार, पेट्रोलिय पदार्थको मूल्य तत्काल बढ्न सक्ने

प्रकाश वाग्ले
२०८१ बैशाख २, आईतवार १७:३३
NIMB
Nabil Bank

काठमाडौं । आज बिहानै इरानले इजरायलमाथी आक्रमण गरेसँगै मध्यपूर्वमा थप नयाँ युद्धको बादल मडारीएको छ । इजरायल र हमासबीच युद्ध सुरु भएको करिव साँढे छ महिना पछि त्यसै क्षेत्रमा नयाँ युद्ध मडारीएको हो । पहिलेबाट नै हमास, हुथि लगायतका समुहहरुसँग युद्ध लडिरहेको इजरायललाई थप नयाँ मोर्चाबाट युद्ध सुरुहुँदा थप संकट पर्ने तथा इजरायलका सहयोगी हरुलाई थप व्ययभार पर्ने देखिन्छ ।

इजरायलसँग विभिन्न छद्म समूह मार्फत लडिरहेको इरान अबभने प्रत्यक्ष रुपमा यूद्धमा होमिएको प्रतित हुन्छ । यसबाट मध्यपूर्व लगायत संसारभर नै अनिस्चितता मूल्य बृद्धि लगायतका समस्याहरु झन् विकराल रुपमा आउने जोखिम उच्च रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

इजरायलले हमासबिरुद्ध युद्ध गरिरहँदा अरब देशहरू इजरायल विरुद्ध संगठित भएर प्रतिकारमा उत्रिने संभावना बढिरहेको अवस्थामा इरान समेत प्रत्यक्ष रुपमा युद्धमा सामेल हुँदा इजरायल बिरुद्ध अरब एकताको संभावना अझ प्रगाड भएको छ ।

यसो भइहालेमा दुवैतर्फबाट तनावसँगै विभिन्न खाले प्रतिबन्धको घोषणा हुन सक्छ । यसमध्ये एक हुन सक्छ– इरानकाे तेल आपूर्तिमा प्रतिबन्ध । उसो त, अरब देशहरूले इजरायल, अमेरिकासहित पश्चिमा देशमा यसअघि दुईपल्ट तेल सप्लाई रोकेका थिए । पहिलोपल्टको रोकमा खासै प्रभाव नपरे पनि दोस्रो रोकले विश्वमै प्रभाव पारेको थियो । त्यो बेला तेलको मूल्य ५ गुणासम्म बढेको थियो, जसका कारण संसारको अर्थ व्यवस्थाले ठूलो झट्का सहनुपरेको थियो ।

साउदी रणनीति

साउदी अरबले तेल उत्पादनमा गरेकाे हरेक दिन १० लाख ब्यारेलको कटौती हालसम्म जारी राखेको छ । साउदीको हरेक दिन तेल उत्पादन ९० लाख ब्यारेल रहेको छ । साउदीको एसपीएका अनुसार, साउदी अरबको ऊर्जा मन्त्रालयले बजारमा स्थिरता ल्याउनका लागि यस्तो कटौती गरेको जनाएको छ । साउदी अरबको नेतृत्वमा रहेको तेल उत्पादक देशको संगठन (ओपेक)ले पनि कच्चा तेलको मूल्यलाई स्थिर राख्न उत्पादनमा कटौती गर्ने निर्णय गरेको जनाएको छ ।

ओपेक प्लस देश, जसको अर्थव्यवस्था तेलबाट हुने आयमै निर्भर छ, ती देश कच्चा तेलको मूल्य उच्च भएको देख्न चाहन्छन् । इजरायल–हमास युद्धपछि अरब देशले इजरायल र अमेरिकालाई तेल बेच्न रोक लगाए भने यसबाट संसारमा उथलपुथल मच्चिन सक्ने अनुमान छ । यसबाट संसारको सबैभन्दा ठूलो अर्थव्यवस्था अमेरिकामा महँगीको नयाँ लहर फैलिनेछ र, संसारभरिकै अर्थ व्यवस्थामा गहिरो चोट पुग्नेछ ।

तेलमा इरानको भुमिका

इरान ओपेकको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो । विज्ञहरूका अनुसार इरानी कच्चा तेलको आपूर्ति र उत्पादन दुबैमा पहिलेदेखि नै समस्या थियो । अब मध्यपूर्वको तनावमा इरानको प्रवेश र इजरायलसँगको युद्धले थप संकट निम्त्याउन सक्छ । आजबाट नै त्यसको असर बजारमा देखिन थालेको छ । यस्तै हो भने सोमबार बाटनै कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर माथि पूग्ने सम्भावना छ ।

इरानले इजरायलविरुद्ध ३ सय ड्रोन मिसाइल प्रहार गरेसँगै इजरायल र अमेरिकाबीच प्रतिकारात्मक कारबाहीका लागि वार्ता भइरहेको छ । विज्ञहरुको विश्वास गर्ने हो भने यो तनावका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर सजिलै नाघ्ने छ ।

ओपेकको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र नै प्रत्यक्ष रुपमा युद्धमा हाेमिनु , इजरायलले पनि इरानमाथि आक्रमण गर्ने याेजना बनाउनुका साथै अमेरिकी सरकारले इरानमाथि थप प्रतिबन्धहरू लगाउने हो भने कच्चा तेलको मूल्यले समेत उपल्लाे उडान भर्ने निस्चित रहेको छ ।

मध्यपूर्वको अस्थिरताका कारण कच्चा तेलको आपूर्ति र उत्पादन दुवैमा पहिलेदेखि नै समस्या थियो । अब यस क्षेत्रको तनावमा इरानको प्रत्यक्ष प्रवेशले थप संकट सिर्जना गर्नेछ । विश्वका तेल आयातकर्ता सबै देशहरू महँगो कच्चा तेलका लागि तयार हुनुपर्ने अवस्था आएको छ ।

जसमा भारत, चिन जस्ता विश्वका ठुलाअर्थतन्त्रहरु समेत पर्दछन् जसकाे आफ्नो आवश्यकताको ८० प्रतिशतभन्दा बढी उर्जा आयातमा निर्भर छ । कच्चा तेलको मूल्यका कारण यस्ता देशहरूमा मुद्रास्फीति, महंगी  बढ्ने इतिहाँसले देखाएको छ ।

कच्चा तेलको मूल्य

इरान-इजरायल यूद्धमा इजरायलले अमेरिकी सरकारसँग  इरानमाथी ठूलो कारबाहीको अपिल गरेको छ । यस्तो अवस्थामा अमेरिकाले इरानमाथि प्रत्यक्ष शैन्य कारवाही तथा दुई वर्षअघि रुसमाथि चालेको आर्थिक प्रतिबन्ध जस्ता कदम उठाउन सक्छ ।

यदि अमेरीकाले इरानमा यूद्ध वा थप प्रतिबन्ध लगायो र यूद्धका कारण इरानी तेल प्रणालीमा समस्या उत्पन्न भयो भने विश्वमा तेल संकट चरम सीमामा पुग्नेछ र एकाएक कच्चा तेलको मूल्य आकाश छुन थाल्छ ।

अहिले खाडी मुलुकबाट तेल प्रति ब्यारेल ९० डलरमा व्यापार भइरहेको छ । यो आक्रमण र इरानमाथिको सम्भावित अमेरिकी कारबाहीलाई ध्यानमा राख्दै सोमबार अन्तर्राष्ट्रिय बजार खुलेपछि कच्चा तेलको मूल्यमा १० प्रतिशतभन्दा बढीको वृद्धि हुने अनुमान रहेको छ । जसबाट सोमबार नै तेलको मूल्यले सय डरल प्रति ब्यारेलको आँकडा पार गर्न सक्छ ।

नेपालमा प्रभाव

यदि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघ्यो भने विश्वका सम्पुर्ण तेल आयातकर्ता देशहरुमा इन्धनको मूल्य बढ्ने छ । नेपालको कुरा गर्ने हो भने विगतको अनुभवको आधारमा पेट्रोलको मूल्य २ सय रुपौयाँको हाराहारीमा पुग्ने छ । संकट लम्बिदैं गए मूल्यले २ सयको आँकडा समेत सजिलै पार गर्ने छ । जसबाट नेपालले थप मूल्य बृद्धी, मुद्रा स्फिती तथा अझै गहिरो आर्थिक संकटको समना गर्नुपर्ने हुन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्