Shikhar Insurance

रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित, टेण्डर प्रक्रिया सुरु

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १८:०७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदको लागि टेण्डर प्रक्रिया सुरु गरेको छ । आइतबार सिंहदरबारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानहरुलाई रासायनिक मलको अभाव हुन नदिनको लागि आगामी वर्षको बजेटमा १५ अर्बको स्रोत सुनिश्चित गरी मल खरिदको लागि टेण्डर प्रक्रियामा गएको बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्रालयले किसानहरुलाई खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिने उद्देश्यले बजेट अगावै स्रोत सुनिश्चित गरी रासायनिक मल खरिद प्रक्रिया शुरु गरिएको जनाएको हो । कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले आगामी वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चिता गरेर रासायनिक मल खरिदको टेण्डर प्रक्रियामा गएको बताए ।

सचिव शर्माले १५ अर्ब रकम स्रोत सुनिश्चित गरी २ लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँले गहँुको लागि आवश्यक मल खरिदको लागि बजेट कुर्दा प्रक्रिया ढिला हुने भएकाले बजेट अगावै स्रोत सुनिश्चि गरेर टेण्डर गरिएको बताए ।

समयमा नै मल आवश्यक भएकाले अर्थ मन्त्रालयको स्वीकृतपछि टेण्डर गरिएको जानकारी गरे । उनले यो वर्ष पनि रासायनिक मलको अभाव नहुने दाबी गरे । उनले अहिले ५१ हजार मेट्रिक टन डीएपी आयात भइरहेको ९० हजार मेट्रिक टन युरिया मल हुँदा यो वर्षलाई पुग्ने बताए ।

उनले सरकारसँग युरिया मल पर्याप्त मात्रामा मौज्दात रहेको बताए । उनले २ लाख १० हजार मेट्रिक टन युरिया,९७ हजार ८६५ डीएपी र १३ हजार ९५१ पोटास गरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल आयात भइरहेको बताए । उनले सरकारसँग युरिया ७५ हजार ९६६,डीएपी १६ हजार ८३५ र पोटास ६२३४ मेट्रिक टन मौज्दात रहेको दाबी गरे । उनले चालु आर्थिक वर्षमा युरिया १ लाख ७६ हजार,डीएपी १ लाख ८ हजार ७९७ र पोटास ९ हजार मल वितरण गरिएको बताए ।

कृषिमन्त्री ज्वालाकुमारी साहले रासायनिक मल खरिद प्रक्रियालाई तिब्रता दिनेगरी कार्यविधि बनाउन आवश्यक रहेको बताए । उनंले कार्यविधिमार्फत मल आयात हुन नसक्दा संधै विवाद र झमेला भइरहेको बताए । मन्त्रालयले कार्यविधि बनाउनसक्ने हो भने यसको निकास तत्काल हुने विश्वास उनको भनाइ रहेको थियो । मन्त्री साहले मल खरिदको टेण्डर प्रक्रिया लामो भएकाले लामो प्रक्रियालाई बन्द गर्नुपर्ने बताए । उनले रासायनिक मल खरिद प्रक्रिाय छोटो बाटोमा जानुपर्ने बताए ।

उनले नेपालमा मल कारखानाको स्थापना गर्न नसकेसम्म समस्या झेल्नुपर्ने बताए । मन्त्री ज्वालाले रासायनिक मलको अर्को विकल्प नभएसम्म खरिद प्रक्रिया तिब्र गतिमा लैजानलाई कार्यविधि बनाएर अघि बढ्नुपर्ने बताए । उनले कृषि मन्त्रालयले राम्रो काम गर्न खोजिरहेको भन्दै भर्खरै सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा गरेको सुनाए ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्