Shikhar Insurance

७ सयले बढ्यो सुनको मूल्य, तोलाको १ लाख ३७ हजार ५ सय

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १०:५१
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । आइतबार २२ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार ७ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्