Shikhar Insurance

शाखा अधिकृतदेखी महालेखा परिक्षकसम्म, यस्तो छ रायको यात्रा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १२:५०
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति कार्यालयले तोयम रायलाई महालेखा परिक्षकमा नियुक्त गरेको छ । बिहिबार रायलाई राष्ट्रपति रामचन्द्र पौडेलले  संवैधानिक परिषद्को सिफारिसमा  महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधान धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

महालेखापरिक्षक कार्यालय एक सवैधानिक अंग हो । यसले देशभर हुने आर्थिक क्रियाकलापहरुको लेखा परिक्षण गर्ने गर्छ । देशभर हुने सरकारी तथा नीजि क्षेत्रको खर्च तथा कारोबार पारदर्शी ढंगबाट भएको छ, या छैन भनि लेखापरिक्षण गर्ने काम गर्दछ ।

पछिल्लो समय महालेखापरिक्षक कार्यालयको प्रभावकारिता बढ्दै गएको छ । कार्यालयले लेखेको बेरुजुले सान्दर्भिकता पाउँदै गएको छ । यो नियुक्ति ६ वर्षको हुने भएकाले पनि यस पदलाई महत्वपुर्ण मानिन्छ । एकै पटकको नियुक्ति ६ वर्षको हुने हुदाँ असल र योग्य पात्र छनोट गर्नुपर्ने दबाबमा संवैधानिक परिषद हुने गर्दछ ।

को हुन् महालेखा परिक्षक राया 

तोयम राया मोरङ जिल्ला सुन्दरहरैचा -०९, विराटचोक घर भई हाल काठमाडौँ-३२, पेप्सीकोला निवासी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनाचार्य (MBA),  व्यवसाय शास्त्राचार्य (MBS), र  सार्वजनिक प्रशासनाचार्य (MPA)  शैक्षिक उपाधि हासिल गरेका छन् ।

त्यस्तै, उनले त्रिभुवन विश्वविद्यालयबाटै कानूनमा स्नातक उपाधी हासिल गरेका  छन् ।  वि.सं. २०५१ मा शाखा अधिकृतबाट नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेका उनी वि.सं. २०७६ भाद्रदेखि नेपाल सरकारको सचिव पदमा बढुवा भएका थिए । सचिव पदमा रहेर उनले अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम मन्त्रालय, उप-राष्ट्रपतिको कार्यालयमा काम गरिसकेका छन् ।

पछिल्लो समय राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीको रुपमा कार्यरत रहेका राय संवैधानिक परिषदले महालेखा परिक्षकमा सिफारिस गरेपछि सचिव पदबाट राजिनामा दिएका थिए । राजपत्रांकित विशिष्ट श्रेणीको सचिवका हैसियतमा उनले वागमती प्रदेशको प्रदेश प्रमुख सचिव भई कार्य सम्पादन गरिसकेका छन् । त्यसैगरी सह-सचिव पदमा उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र अर्थ मन्त्रालयको अनुभव सँगालीसकेका छन् ।

साथै, आन्तरिक राजस्व विभाग र भन्सार विभागमा महानिर्देशकलगायत विभिन्न पदमा रही उनले कार्य सम्पादन गरेका छन् । प्रशासकका रुपमा उनले क्रमशः रुपन्देही, भक्तपुर र मोरङ जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सफल प्रशासक भई कार्य गरिसकेका छन् ।

यसबाहेक कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा लोक सेवा आयोग, केन्द्रीय कार्यालयमा आर्थिक प्रशासन प्रमुखको रुपमा समेत कार्यानुभव रहेको छ । शाखा अधिकृत रहँदा उनले जिल्ला प्रशासन कार्यालय कालिकोट, ताप्लेजुङ, तेह्रथुम र  मोरङ  जिल्लामा रहेर सेवा गरेका छन् । त्यस्तै गृह मन्त्रालय अन्तर्गतको विशेष प्रहरी विभाग र राष्ट्रिय सतर्कता केन्द्रमा पनि उनले अनुभव सँगाली सकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्