Shikhar Insurance

युएईमा आएको बाढीमा परी भरतपुरका मोहन पुन मृत्यु

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १९:३४
NIMB
Nabil Bank

एजेन्सी । युनाईटेड अरब इमिरेट्स (युएई)मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

युएईमा दुई दिन देखी परेको बर्षाका कारण बाढी आई रहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ ।

सरकारी कार्यलय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले बताएका छन् ।

पुन भिजिट भिसामा युएई पुगेको दुतावासले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्