Shikhar Insurance

‘सरकारले गाडी बिक्री गरेर होइन बिजुली बिक्री गरेर राजस्व उठाउने लक्ष्य लिनुपर्छ’ : अध्यक्ष कार्की

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार १८:५३
NIMB
Nabil Bank

काठमाडौं । स्वतन्त्र उर्जा संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ११ वर्षभित्र २८ हजार मेगावट विद्युत उत्पादन गर्ने बताएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलनमा ‘हाईड्रो एक्स्पो’को सबै तयारी पुरा भएको जानकारी दिदैँ यस्तो बताएका हुन् ।

अध्यक्ष कार्कीले विदेशी लगानीकर्ताहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्दै ‘हाईड्रो एक्स्पो’ले मुलुकको आर्थिक मन्दिलाई उकास्न मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले लगानी सम्मेलनको प्रमुख विषय ऊर्जा रहेको बताउँदै भने, ‘वैशाख १२, १३ र १४ गते भृकुटीमण्डपमा हाईड्रो एक्स्पो कार्यक्रम हुदैँछ । यो एक्स्पोले लगानी सम्मेलनलाई पनि मद्दत पुर्याउनेछ । एक्स्पोमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरुसँग बिजनेश मिटिङ हुनेछ ।’

Citizen Life
Kumar Bank
Nepal Life

एक्स्पोमा लगानीकर्ताहरुले विभिन्न सामग्रीहरु एकै ठाउँमा देख्न र अवलोकन गर्न सक्ने जानकारी दिदैँ १ दर्जन बढी देशका १ सयभन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्न भएको कार्कीले जानकारी दिए । विद्युत खपत वृद्धि गर्ने, लगानीमैत्री वातावरण र सवारीसाधन प्रयोगबारे जनचेतना फैलाउने उद्देश्यसहित एक्स्पोमा २६ किलोमिटर इभी र्‍याली स्काई वाक टावर हुने जानकारी दिए ।

र्‍यालीमा विद्युतीय २, ३, ४ र ६ पांग्रे इभी निशुल्क रुपमा प्रतिस्पर्धाका लागि उपलब्ध गराईने इप्पानले जनाएको छ । इप्पानले उर्जा क्षेत्रका लागि छुट्टै स्टल तयार पार्न लगानी सम्मेलनलाई आग्रह समेत गरेका छन् । अध्यक्ष कार्कीले सरकारको ध्यानाकर्षण गर्दै भने, ‘सरकारले गाडी बेचेर राजस्व संकलन गर्ने होईन, ऊर्जा बेचेर राजस्व संकलन गर्ने उपाय सोच्नुपर्छ । सरकारले नीति सुधार गरेन भने उर्जाको अवस्था माथि उठ्न सक्दैन ।’

ऊर्जा क्षेत्रतर्फ नेपाल सरकारको सकरात्मक विचार रहेको उल्लेख गर्दै उनले जलविद्धुतसँग सम्बन्धित सामग्री नेपालमै उत्पादन गर्ने र १० वर्षभित्र उर्जा क्षेत्र परिवर्तन हुने दावी गरे । एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने इप्पानले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्