Shikhar Insurance

सात महिनामै सचिव मरासिनीले पाए सफाई, अब नियमित काममा फर्किने

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार १८:२६
NIMB
Nabil Bank

काठमाडौं । सचिव मधुकुमार मरासिनीले सफाई पाएका छन् । विशेष अदालत काठमाडौंले सचिव मरासिनिलाई शुक्रबार सफाई दिएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मरासिनी सहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशकहरु प्रणिता उपाध्यय, सुनिल पौडेल, सञ्जय शर्मा हालका उपनिर्देशक सफल श्रेष्ठ सहितलाई मुद्दा दायर गरेको थियो । विशेष अदालतले पौडेल बाहेक सबैलाई सफाई दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रिय भुक्तानी प्रणाली (नेश्नल पेमेन्ट गेटवे) स्थापना गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै आयोगले मुद्दा दायर गरेको थियो । तत्कालिन समयमा मरासिनी अर्थ मन्त्रालयको बजेट महाशाखामा रहेको र अर्थ सचिवलाई समेत थाहा नदिई बजेट निकासा गरेको भन्दै मरासिनीको नाम परेको थियो । मुद्दा लाग्दा उनी वाणिज्य सचिवको रुपमा कार्यरत थिए । असोज १५ गते मुद्दा लागेपछि उनी निलम्बनमा थिए ।

अब सचिव मरासिनीले निलम्बन अवधि करिब सात महिनाको तलब सेवा सुविधा प्राप्त गर्नेछन् । साथै, मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा अब नियमित काममा फर्कने छन् । आयोगले २३ करोड २७ लाख पैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्