Shikhar Insurance

राजेश अग्रवालको पाल्पा सिमेन्टले गर्यो ६ महिनामै १ अर्ब ८० करोडको व्यापार

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार १९:०९
NIMB
Nabil Bank

काठमाडौं । पाल्पा सिमेन्ट इन्ड्रस्ट्रीज् लिमिटेड (पीसीआईएल)ले चालु वर्षको ६ महिनामा १ अर्ब ८० करोड रुपैयाँ कारोबार गरेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार २०२३ मा कम्पनीले ४ अर्ब १२ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।

सन् २०२१ मा कम्पनीले ४ अर्ब ४४ करोड रुपैयाँ कारोबार गरेको थियो भने सन् २०२२ मा ३ अर्ब ८१ करोड ८० लाख रुपैयाँ कारोबार गरेको थियो । जुन ६२ करोड २० लाख अर्थात १४.०० प्रतिशतले कम हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनी सन् २००९ मा स्थापना भएको हो । कम्पनीले विशेष गरि सामग्री तानसेन सिमेन्ट उत्पादन र निर्माण गर्छ । साथै, कम्पनीले ग्रेड ४३ र ५३ को ओपीसी सिमेन्ट, पीपीसी र पीएससीहरु नेपाल स्ट्यान्डर्ड(एनएस)तान्सेन ब्राण्ड नामबाट उत्पादन गरिरहेको छ ।

पीसीआईएलले क्लिंकर उत्पादनबाट सिमेन्टको व्यावसायिक उत्पादन सुरु गरेको थियो । कम्पनीको प्लान्ट नवलपरासी जिल्लाको सुनुवाल गाविसमा अवस्थित छ । खानीहरु जिल्लाबाट ३० किलोमिटर टाढा रहेको छ । यसको क्लिंकर उत्पादन क्षमता १ हजार ८ सय टन क्षमता रहेको छ । कम्पनीले २०७९ असारदेखि भारतमा सिमेन्ट निर्यात गर्न सुरु गरेको थियो ।

कम्पनीको क्लिंकर र ग्राइन्डिङ एकाइहरुको लागि स्थापित क्षमता क्रमश १ हजार ८ सय एमटीपीडी र २ हजार २ सय एमटीपीडी रहेको छ । निर्यातमा भएको विस्तारले कम्पनीको तरलता बलियो हुने अपेक्षा कम्पनीले जनाएको छ । कम्पनी आरएमसी ग्रुपद्वारा सञ्चालित छ । जसमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालको लगानी छ ऽ

GBIME

प्रतिक्रिया दिनुहोस्