Shikhar Insurance

लुम्बिनी सम्मेलनको ‘शान्ति सन्देश’ उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार १८:१२
NIMB
Nabil Bank

काठमाडौं । लुम्विनी सम्मेलनले पारित गरेको शान्ति सन्देश उपप्रधान तथा विदेशमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित आइतबार लुम्बिनीमा आयोजित सम्मेलनले शान्ति सन्देश श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

लुम्विनी शान्ति सन्देशको क्यानभासलाई अवैतनिक वाणिज्युदुतको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन)का अध्यक्ष विष्णु अग्रवालले उपप्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । एचसीसीएन नेतृत्व तथा परराष्ट्र मन्त्रालयका समन्वयमा आयोजित लुम्बिनी सम्मेलनले अन्तराष्ट्रिय शान्ति र समृद्धिका लागि विश्व समुदायलाई आव्हान गरेको छ । हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हित प्रवद्र्धन गर्ने खालका कार्यक्रमको आयोजना गर्न एचसीसीएनलाई आग्रह गरे । उनले सम्मेललनले विश्व शान्ति, नेपालमा लगानी प्रवद्र्धन तथा पर्यटन विकासमा महत्वपुर्ण भूमिका खेलेको बताए ।

Citizen Life
Kumar Bank

उक्त कार्यक्रममा बोल्दै एचसीसीएनका डिन विष्णु अग्रवालले विश्व शान्तिको सन्देश दिन सम्मेलन सफल भएको बताउँदै, सहभागी कुटनीतिक प्रतिनिधिले सम्मेलन आयोजनाको समय र सन्देश दुवै सान्दर्भिक रहेको बताएको चर्चा गरे । बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवद्र्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपुर्ण योगदान गर्ने विश्वास एचसीसीएनले लिएको छ ।

सम्मेलनमा ग्रिस, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, मरिसस, इन्डोनेसिया, मंगोलिया, सर्बिया, अस्ट्रिया, बुल्गेरिया र इस्टोनियाका साथै चेक रिपब्लिक, तान्जानिया, स्लोभेनिया, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानिया लगायत १९ वटा मुलुकका गैरआवासीय राजदूत सहभागी थिए । सम्मेलनमा सहभागी कैयन देशका कुटनीतिक प्रतिनिधीहरुले नेपाल पहिलो पटक भ्रमण गरेका थिए । यसैगरी, उक्त सम्मेलनमा नेपालमा कार्यरत ४५ देशका अवैतनिक वाणिज्यदुतहरु, परराष्ट्र मन्त्रालय, लगानी बोर्ड, नेपाल पर्यटनको उच्च अधिकारी लगायतका उपस्थिति थियो ।

सम्मेलनका क्रममा लगानी बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको विजनेस सेसनमा सहभागीलाई नेपालमा लगानी तथा पर्यटनका अवसर तथा छिटै आयोजना हुन लागेको नेपाल लगानी सम्मेलनका बारेमा जानकारी गराइएको थियो । बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवद्र्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपुर्ण योगदान गर्ने विश्वास गरिएको छ । लुम्बिनी सम्मेलनका दौरान कला प्रदर्शनी, परम्परातगत नृत्य, लागनी तथा पर्यटन प्रवर्धनका विषयमा प्रस्तुती र छलफल भएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्