Shikhar Insurance

सीजी ग्रुपले हिरो मोटरसाईकल बिक्री सुरु गर्यो, नेपाल मै उत्पादन गर्ने

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार १९:१९
NIMB
Nabil Bank

काठमाडौं । सीजी मोटर्सले हिरो मोटोकर्पसको सहकार्यमा चार लोकप्रिय उत्पादन सार्वजनिक गरेको छ । सीजीले आइतबार एक्स(प्लस २०० फोर भी, स्पिलेण्डर, स्पिलेण्डर प्लस र जुम १०० स्कुटर सार्वजनिक गरेक हो ।

नेपालका लागि हिरो मोटोकर्पक आधिकारिक विक्रेता सीजी मोटर्सले दुई पांग्रे सवारीको उत्पादन र बिक्रीमा आक्रामक व्यापार बढाउदै गएको छ । अब यि चारवटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यसिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने कम्पनीले घोषणा गरेको छ । हिरो मोटोकर्पले सीजी मोटर्ससँगको सहकार्यमा एसेम्बली प्लान्टको उद्घाटन समेत गरिसकेको कम्पनीले जनाए ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका अनुसार एसेम्बल प्लान्टको क्षमता प्रति वर्ष ७५ हजार युनिट हुनेछ । यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ। सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गर्ने कम्पनीले जानकारी दिए ।

कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो । हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौँ । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्व स्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौँ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्