Shikhar Insurance

अबको दशक आन्तरिक रोजगारी दशक हुनेछ : मन्त्री अर्याल

सिंहदरबार संवाददाता
२०८१ बैशाख १९, बुधबार १८:०६
NIMB
Nabil Bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रुपमा मनाउने बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । उनले आन्तरिक रोजगारी सिर्जना गर्न र देशभित्रै रोजगारी स्थापना गर्नका लागि सानासाना व्यवसायहरुमा पनि जोड दिन आवश्यक रहेको बताए ।

उनले सिपलाई अबको एक दशक देशमा सिपमुलक तालिमहरु दिनुपर्ने बताए । उनले सोहीअनुसार मन्त्रालयले योजना बनाइ काम गरिरहेको जिकिर गरे । उनले वैदेशिक रोजगारीमा जानेहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिरहेको बताए ।

Citizen Life
Kumar Bank

मन्त्री अर्यालले देश समृद्ध बनाउन स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए । उनले शिक्षा नीति र बजारको माग नमिलेकाले अहिलेको प्रविधियुक्त मागलाई परिपूर्ति गर्नेगरी काम गरिरहेको बताए ।

न्युज एजेन्सी नेपाल

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्