Shikhar Insurance

बेकरी उद्योगबाट मासिक १० लाख बढी कारोबार गर्दै कैलालीका युवा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १६:१७
NIMB
Nabil Bank

कैलाली । कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश मानिसहरु रोजगारीका लागि भारत जाने थालेको लामो समय भइसक्यो । भिसा पनि नचाहिने र रोजगारी पनि पाइने भएकाले यहाँका अधिकांश वर्षेनी भारत प्रवेश गर्छन् ।

भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, बैङ्लोर, हरियाणा, ऋषिकेशलगायतका स्थान रोजगारीका लागि नेपालीको रोजाइमा पर्ने सहर हुन् । तर धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीका आशीषराज शर्मा भने स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर दिईरहेका छन् । उनले अहिले सोही स्थानमा ‘हप्पी होम बेकरी एण्ड क्याफे’पाउरोटी उद्योग खोली व्यापार गर्दै आएका छन् । उक्त उद्योगमा उनले स्थानीय र भारतीय गरी पाँच जनालाई कामदारका रुपमा रोजगारी दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कामदारलाई मासिक १६ हजारदेखि २८ हजारसम्म मासिक तलब दिँदै आएका छन् । उनले १२ जनाको परिवारको जोहो यसैबाट पु¥याउँदै आएका छन् । पुख्र्यौली घर अछामबाट एसएलसी पास गरी अध्ययनका लागि काठमाडौँ जानुभएका उहाँले प्रमाणपत्र तह अध्ययन पूरा गरेका छन् । बेकरी उत्पादनमा सीप भएका भिनाजुसँग सीप सिकेर उनले सुरुमा धनगढीको मिलनचोकमा पाउरोटी उद्योग सञ्चालन गरे ।

उनले धनगढीको बैयाबेहडीमा उद्योग सञ्चालन गर्दै आएका छन् । पाउरोटी उद्योगबाट औसतमा मासिक १० लाख कारोबार हुने गरेको उनको भनाइ छ । उनले खर्च कटाएर १ लाख बचत हुने गरेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्