Shikhar Insurance

नेपाल टेलिकमको कुल आय ३१ अर्ब बढी, ३.३६ प्रतिशतले बढ्यो खुद मुनाफा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३१, सोमबार ११:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकमले चालु आव २०८० चैत मसान्तसम्मको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार टेलिकमको कुल आय ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको सोही अवधिमा कूल आय ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रहेको थियो । कुल आय २ अर्ब ३७ लाख ७ हजार (अर्थात् ६.०३ प्रतिशत) ले घटेको हो ।

कम्पनीको कुल सञ्चालन आय २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रहेको छ । जबकी गत वर्ष सोही अवधिमा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रहेको थियो । तुलनामा कुल सञ्चालन आय १ अर्ब ८६ करोड ५३ लाख ५८ हजार (अर्थात, ६.८२ प्रतिशत) ले कमी भएको हो ।

Citizen Life
Kumar Bank

त्यस्तै, चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद मुनाफा भने बढेको छ । कम्पनीको चालु आवको तेस्रो त्रैमासिक अवधिसम्मको खुद मुनाफा ५ अर्ब ५९ करोड ३७ लाख ६८ हजार रहेको छ । अघिल्लो वर्षको तुलनामा १८ करोड १७ लाख ९३ हजार (अर्थात, ३.३६ प्रतिशत) ले बढी हो । गत वर्ष खुद मुनाफा ५ अर्ब ४१ करोड १९ लाख ७४ हजार रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी त्रैमासिक अवधिमा ४१.४४ रहेको कम्पनीले जनाएको छ । ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा गत आवको तेस्रो त्रैमासिक अवधिको तुलनामा करिब ९४ करोड ४९ लाख २९ हजारले कमी भएको कम्पनीले जनाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्