Shikhar Insurance

बैंकिङ प्रणाली सुरक्षित भएमात्रै आर्थिक स्थिरता हुन्छ, बैंक सबल बन्न न्युनतम नाफा हुनैपर्छ: गभर्नर

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १२:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुनको लागि बैंकिङ प्रणाली सुरक्षित र सबल हुन आवश्यक रहेको बताएका छन् । गभर्नर अधिकारीले बैंकहरु नबँचे भने सर्वसाधरणको निक्षेप बच्न नसक्ने भन्दै अर्थतन्त्र स्थिर र चलायमान हुनको लागि बैंकिङ प्रणाली सुरक्षित हुन जरुरी रहेको बताएका हुन् ।

गभर्नर अधिकारीले सोमबार अर्थसमिति बैठकमा बोल्दै बैंकिङ प्रणालीलाई बचाउँदै सर्वसाधरणहरुको बचतलाई सुरक्षित बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले बैंकिङ प्रणाली (बैंक) नबँचे मुलुकमा आर्थिक संकट आउने दाबी गरे । उनले त्यसैले आर्थिक स्थिरताको लागि बैंकिङ प्रणाली धराशायी हुन नहुने जिकिर गरे । उनले बैंकिङ प्रणाली सुरक्षित र सबल हुनको लागि बैंकहरुकाले न्युनतम नाफा कमाउन आवश्यक रहेको बताए ।

Citizen Life
Kumar Bank

उनले पछिल्लो समय बजारमा बैंकहरुले धेरै नाफा कमाए भन्ने गलत प्रचार भएको भन्दै राजनीतिक नेता लगायत सर्वसाधरण सबै त्यो भ्रमबाट बाहिर आउनुपर्ने बताए । गभर्नर अधिकारीले नाङ्गो आँखाले बाहिर देखे जस्तो बैंकहरुले नाफा नकमाएको दाबी गरे । उनले बैंकहरुको अहिले नाफा ८.५ प्रतिशत भन्दा बढी नभएको भन्दै नाफानिरन्तर घटेर गइरहेको उल्लेख गरे । उनले नेपालका बैंकहरुलाई विश्वका अन्य देशहरुको भन्दा धेरै नियममा राष्ट्र बैंकले बाधेको स्वीकार गरे । उनले नेपालका बैंकहरुलाई अन्य देशको भन्दा बढी नियमन गरेको पाउने जानकारी गरे ।

उनले बैंकहरुले ४ प्रतिशत सम्मको सर्भिस चार्जलाई राष्ट्र बैंकले तोकेर बैंकहरुले ०.७५ र माइक्रो फाइनान्समा १.५ भन्दा बढी लिन नपाउने व्यवस्थाले पनि बैंकहरुको नाफा कम हुँदै गएको उल्लेख गरे । उनले पाँच वर्षअघि बैंकहरुको नाफा ६७ अर्ब रहेकोमा पछिल्लो समय वार्षिक रुपमा ६० अर्ब पनि पुग्न छाडेको बताए । उनले पाँच वर्ष भन्दा अघि बैंकहरुको ३० खर्बको पोर्टफोलियो बढेर ५१ खर्ब पुग्दा नाफा बढ्नुपर्नेमा उल्टो रुपमा घट्दै गएको बताए ।

उनले बैंकहरुले आफूखुशी कमाइरहेका छन् भन्ने कुरा गलत भएको भन्दै राष्ट्र बैंकले स्पेड दर समेत तोकेको बताए । उनले बैंकले निक्षेपकर्तालाई दिने र आफ्नो ऋणबाट लिने ब्याजको अन्तर ४ प्रतिशत भन्दा बढी हुनुनहुने व्यवस्था गत वर्षदेखि लागू गरेको बताए । उनले बैंकहरु प्रति विश्वास रहेन भने मुलुकको अर्थतन्त्र नै अस्थिर हुने खतरा रहेको बताए । उनले बैंकहरु माथि सर्वसाधरणको विश्वास कायम राख्न पनि बैंकहरु सुरक्षित,सबल हुन जरुरी रहेको बताए । उनले सबैको बैंक माथि विश्वास भएर सबै सम्पती बैंकमा राखिएको भन्दै बैंकिङ उद्योग कोल्याप्स भयो भने सबैको विश्वास लुज हुने बताए । बैंकहरुको क्यापिटलको वेस ठूलो भएकाले अर्ब रुपैयाँ कमाउँदा पनि धेरै फिगरमा देखिएको गभर्नर अधिकारीको भनाइ रहेको छ ।

उनले बैंकहरुले व्यवसायीहरुलाई कर्जाको किस्ताको रिस्टक्चरिङ दिएको तीन पटकसम्म सुविधा दिएको बताए । उनले त्यो सुविधा हुँदाहुँदै पनि बैंकका ऋणहरुलाई जोगाउनको लागि राष्ट्र बैंकले पुनःसंरचना र पुनःतालिकिकरण बारम्बार दिएको बताए । उनले बैंकलाई सधैँभरी यो सुविधा दिइराख्दा भविष्यमा अर्को खालको अफ्ठ्यारो आउने खतरा रहेको उल्लेख गरे ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्