Shikhar Insurance

सानिमा रिलायन्सको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १३:२१
NIMB
Nabil Bank

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कुनैपनि व्यतीत बीमालेख बिमितहरुले पुनर्जागरण गराउँदा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट गरेको छ ।

कम्पनीले तोकिएको समयका नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको हो ।

Citizen Life
Kumar Bank

उक्त पुनर्जागरण अभियान जेठ १ गते (आज) देखी २५ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जानकारी गरेको छ ।

कुनैपनि बीमालेख व्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्