Shikhar Insurance

सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १७:२१
NIMB
Nabil Bank

काठमाडौं । सरकारले सीप विना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष बनाउँदै बजारको माग अनुसार उत्पादनशिल रोजगारी प्रवद्र्धन गरिने बताए । उनले रोजगार व्यवस्थापन र सिप विकासका लागि एकिकृत राष्ट्रिय रोजगार ढाचा कार्यान्वयनमा ल्याइने बताए । राष्ट्रिपति पौडेलले सञ्चालनमा रहेका व्यवसायीक सीप विकास तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तर उन्नती गरिने पनि उल्लेख गरे । उनले रोजगार तथा स्वरोजगार सम्बन्धि प्रधानमन्त्री रोजगार,युवा स्वरोजगार कोष र सिप विकास तथा रोजगार प्रवद्र्धन लगायतका कार्यक्रमलाई एकिकृत रुपमा मर्ज गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए ।

Citizen Life
Kumar Bank

उनले प्रदेशमा निजी क्षेत्रसमेतको सहकार्यमा बाहुप्राविधि शिक्षालय स्थापना गरिने बताए । सरकारकाले बेरोजारीलाई रोजगारीको पूर्ण अभिलेखसहित रोजगारी खोज्ने सीप विकास तथा रोजगार प्राधिकरण कोष स्थापना गर्ने व्यवस्था मिलाइने बताए । उनले श्रम नीतिलाई थप सक्रिय बनाउँदै विभिन्न देशहरुसँगको श्रम सम्झौता पुनारावलोकन तथा थप मुलुकहरुसँग श्रम सम्झौता गरिने बताए । उनले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार सम्बद्ध कानूनमा परिमार्जन गरिन बताए । उनले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन श्रम स्थानान्तरण गर्ने नीति लिइने बताए । उनले वैदेशिक रोजगारीमा जानुपूर्व दिने अभिमुखिकरण तालिमलाई निःशुल्क बनाइने पनि बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्