Shikhar Insurance

तीनकुने जग्गाको विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १७:३९
NIMB
Nabil Bank

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् ।

गृह मन्त्रालयमा आज काठमाडौं क्षेत्र १ का सांसद सोविता गौतम, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जा पीडितले गृहमन्त्रीसमक्ष समस्या सुनुवाइका लागि आग्रह गरेका हुन् ।

Citizen Life
Kumar Bank

सो छलफलमा गृहमन्त्री लामिछानेले एक हप्ताभित्रै त्यहाँको अवस्थाबारे जानकारी लिएर सरोकारवालाको बैठक बोलाउने प्रतिबद्धता जनाएका छन् । छलफलमा उनले समस्या समाधानका लागि पहल गर्ने आश्वासनसमेत दिए । पञ्चायत स्मारक पार्क बनाउन २०३१ सालमा तत्कालीन सरकारले ५२ रोपनी जग्गा अधिग्रहण गरेको थियो तर अहिलेसम्म सो मुआब्जा विवादको समस्या समाधान हुनसकेको छैन । सांसद गौतमले पनि यो समस्या समाधानका लागि प्रयास गरे । उनले पटक–पटक प्रतिनिधिसभाको बैठकमा पनि त्यहाँको विवादबारे प्रश्न उठाएका थिए ।

छलफलमा मनोहर जग्गा एकीकरण र मनोहरा करिडोरमा देखिएको समस्या समाधानबारे पनि कुराकानी भएको थियो । तीनकुनेमा सरकारबाट केही जग्गाधनीले मुआब्जा बुझिसकेका छन् । केही जग्गाको मुआब्जामा वितरण र केहीको मूल्याङ्कनसमेत भएको छैन ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्