Shikhar Insurance

सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १७:५६
NIMB
Nabil Bank

काठमाडौं । सरकारले राष्ट्रिय हित, स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा एवं आर्थिक समुन्नतिलाई केन्द्रमा राखी स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गरेका सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यकममा संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताको आधारमा पराष्ट्र नीति अवलम्बन गरिने उल्लेख छ ।

Citizen Life
Kumar Bank

मुलुकको विशिष्ट अन्तराष्ट्रिय पहिचान कायम गर्ने गरी परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने सरकारको नीति रहेको छ । नीति तथा कार्यक्रममा भनिएको छ राष्ट्रियता, राष्ट्रि«य सुरक्षा, परराष्ट्र सम्बन्ध, रणनीतिक पूर्वाधार एवं सामाजिक–आर्थिक रूपान्तरणका आधारभूत विषयमा राष्ट्रिय सहमति निर्माण गरिनेछ ।

संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्च तथा संस्थामा नेपालको भूमिकालाई थप सशक्त बनाइने र अन्तर्राष्ट्रिय मुद्दाहरूमा नेपाल र नेपालीको हितका लागि पैरवी गरिने नीति सरकारले लिएको छ । त्यस्तै, विभिन्न अन्तराष्ट्रिय मञ्च तथा निकायका नेतृत्व तहमा नेपालको प्रतिनिधित्व बढाउन पहल गरिनेछ ।

वैदेशिक लगानी तथा व्यापार, रोजगारी र पर्यटन प्रवद्र्धन गर्न सक्षम आर्थिक कूटनीति सञ्चालन गर्न संस्थागत क्षमता सुदृढ तुल्याइने र गैरआवासीय नेपालीको ज्ञान, सीप, पूँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको विकास र समृद्धिका लागि उपयोग गर्ने सरकारको नीति छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्