Shikhar Insurance

१० महिनामा सरकारी खाताबाट १० खर्ब ६१ अर्ब भुक्तानी, खर्च धान्न आन्तरिक ऋणको भर

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार ०७:३८
NIMB
Nabil Bank

काठमाडौं । चालु वर्षको १० महिना सकिदा सरकारले कुल भुक्तानी १० खर्ब ६१ अर्ब ६५ करोड भुक्तानी दिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु वर्षको बैशाख महिनासम्ममा सरकारले कुल प्राप्ति भन्दा २ खर्ब २ अर्ब बढी भुक्तानी दिएको हो ।

सरकारले सबैभन्दा बढी चालु खर्चमा ७ खर्ब ५५ अर्ब ५५ करोड भुक्तानी दिएको छ । वित्तिय व्यवस्थातर्फ १ खर्ब ९२ अर्ब ४५ करोड भुक्तानी हुदाँ विकास खर्चतर्फ १ खर्ब १३ अर्ब ६५ करोड खर्च भएको छ ।

Citizen Life
Kumar Bank

यस्तै, सरकारले राजस्वको विभिन्न शिर्षकमा ८ खर्ब ३४ अर्ब ४१ करोड कुल प्राप्ति गरेको छ । कर राजस्वतर्फ ७ खर्ब ४९ अर्ब २३ करोड प्राप्ति हुदाँ गैरकर शिर्षकमा ८५ अर्ब १७ करोड संकलन भएको छ । अनुदान शिर्षकमा २ अर्ब ७७ करोड मात्रै प्राप्ति हुँदा अन्य शिर्षकमा २२ अर्ब ३४ करोड प्राप्ति भएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० को १० महिनासँग तुलना गर्दा खर्चतर्फ १० अर्ब र प्राप्तितर्फ ६० अर्ब बढी छ । सरकारले राजस्व स्रोत बढाउन नसक्दा खर्चका लागि महँगो ब्याजदरको आन्तरिक ऋणको साहारा लिइरहेको छ । चालु वर्ष २ खर्ब ४० अर्ब आन्तरिक ऋण लिने लक्ष्य लिएको सरकारले हालसम्म २ खर्ब भन्दा बढी ऋण लिइसकेको छ ।

सस्तो ब्याजदरको बाह्य ऋण परिचालनमा सरकार असफल बन्दै गएको छ । सरकारको सार्वजनिक ऋण २४ खर्ब नाघ्ने तर्खरमा छ । सोको सावाँ ब्याजको ठूलो दायित्व सरकारले भुक्तानी गर्नुपर्दा विकासखर्च भन्दा वित्तिय व्यवस्थातर्फ सरकारले धेरै खर्च गर्नुपर्ने अवस्था बनेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्