Shikhar Insurance

प्रभु महालक्ष्मी लाइफको २५ लाख ८४ हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार १०:३५
NIMB
Nabil Bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ जना संस्थापक सेयरधनीको नाममा रहेको कूल २५ लाख ८४ हजार ६ सय २५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी प्रजित राज पराजुलीको नाममा रहेको ३७ लाख ५ सय कित्ता,यादवेन्द्र गौतमको १ लाख ९ हजार ८ सय कित्ता, विनिता उपाध्याय १ लाख कित्ता, विराट कुमार श्रेष्ठ १ लाख ४१ हजार ३ सय २५ कित्ता, प्रभु बैंक लिमिटडको नाममा रहेको २१ लाख ९६ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीके केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

तोकिएको समयमा कुनै पनि आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।

 

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्